२०८१, १३ बैशाख बिहीबार

सर्वोत्कृष्ट ‘नास्ट गान’लाई ५० हजार पुरस्कार

डबली खबर     माघ २ २०७८ १४:५७

Nepal Academy Of Science And Technology - NAST
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ‘नास्ट गान’ तयार गरी पेश गर्न आह्वान गरेको छ । आईतबार एक सूचना प्रकाशित गर्दै नास्टले नास्ट गान तयार गरी पेश गर्न आह्वान गरेको हो ।

नास्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव-प्रवर्तन सम्बन्धि र यस मार्फत देशको समृद्धि बारे पूर्णभाव प्रष्फुटन हुने गरी ६० शब्द नबढाई नेपाली भाषामा नास्ट गान तयार पार्नुपर्नेछ ।

इच्छुक सर्जकहरूले माघ मसान्त भित्र नास्ट गान तयार गरी nastanthem@gmail.com पठाउन सक्नेछन् । छनोट हुने सर्वोत्कृष्ट नास्ट गानलाई ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने नास्टले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top