नुवाकोट – तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष राममणि अधिकारीको आईतबार निधन भएको छ ।
७८ वर्षीय उनको अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजे निधन भएको हो । वडाध्यक्ष अधिकारी तीन महिनाअघि मात्र कोरोना संक्रमणमुक्त भएपनि पुन:जन्डिसबाट ग्रसित थिए ।
अधिकारीको अन्तिम संस्कार आजै पशुपतिमा हुने तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले जानकारी दिए ।
चार वर्षअघि सम्पन्न स्थानिय चुनावमा नेकपा एमालेबाट ७३२ मत मत प्राप्त गरि उनी विजयी भएका थिए । उनी साविक बुधसिङ गाविसका अध्यक्ष र नेकपा एमाले तारकेश्वोरका अध्यक्ष समेत थिए ।
प्रतिक्रिया