२०८१, १४ बैशाख शुक्रबार

मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

डबली खबर     आश्विन २३ २०७८ ०६:१७

President Vidhya Devi Bhandari
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद विस्तार गरेकी छन् । आज (शुक्रबार) प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार, राष्ट्रपति भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनेका छन् । त्यस्तै, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएका छन् । मन्त्रालय भागबण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका हुन् ।

हेर्नुहोस् कसलाई कुन मन्त्रालयको जिम्मेवारी ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top