२०७८, २३ मंसिर बिहीबार
election office notice 2021

सनराइज बैंकको मुद्दती निक्षेपको ब्याजदर सबैभन्दा बढी

डबली खबर     आश्विन ७ २०७८ ०६:४४

sunrise bank fixed deposit interest rate poster nepal
bidur tax
SEBON

काठमाण्डौ – सनराइज बैंकले एक वर्षे माथिको मुद्दति निक्षेपको ब्याजदरमा १० प्रतिशतभन्दा माथि दिने भएको छ । नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकले महा मुद्दती खाता योजना अन्तर्गत निक्षेपको ब्याजदर डबल डिजीटमा पुर्याएको हो ।

बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कनुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी १० दशमलव ७ प्रतिशत ब्याज दिने भएको छ । सनराइज बैंकले एक वर्षे तथा सोभन्दा बढी अवधिको संस्थागत निक्षेपमा नयाँको ब्याजदर १० प्रतिशत र नवीकरणको १०.०७ प्रतिशत पुर्याएको हो ।

यस्तै, नयाँ ब्याजदर अनुसार सनराइज बैंकले ३ महिनादेखि ६ महिने मुद्दति निक्षेपकै ब्याजदर बढाएर ९.१० प्रतिशत पुर्याएको छ । ६ महिनादेखि १ वर्षे अवधिको मुद्दतिको ब्याजदर बढेर ९.६० प्रतिशत पुगेको छ भने एक वर्षे वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढेर १०.०७ प्रतिशत पुगेको छ ।

संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि बढेको छ । जसअनुसार ३ महिनेदेखि ६ महिने अवधिको नयाँ निक्षेपको ब्याजदर ९ प्रतिशत र नवीकरण हुने निक्षेपको ब्याजदर ९.०७ प्रतिशत पुगेको छ ।

सनराइज बैंकको अन्य सामान्य बचतको ब्याजदर समेत बढेको छ । त्यस्ता अधिकांश निक्षेपको ब्याजदर ५ प्रतिशतभन्दा माथि पुगेको छ ।

बैंकको साउनको बेस रेट ७.०१ प्रतिशत कायम भएको छ । यसले गर्दा अधिकांश लोनको ब्याजदर पनि ह्वात्तै बढेको छ । लामो अवधिका कतिपय लोनको ब्याजदर १५ प्रतिशत हाराहारीमा पुगेको छ।

सबै खालका ऋणहरुको ब्याजदर १३ प्रतिशतभन्दा माथि पुगेको छ ।




Bachchhaladevi Suppliers
Trishuli Web Design Services in Nuwakot
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani

प्रतिक्रिया


Top