२०७९, ३० श्रावण सोमबार

बुद्धभुमि हाईड्रोपावरको आईपीओ बाँडफाँड

डबली खबर     आश्विन १ २०७८ १६:५१

Buddha Bhumi Nepal Hydropower
Diyo Pathshala Montessori

नुवाकोट – बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड बिहीबार सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिभिल क्यापीटको वेबसाईटमा गएर हेर्न सकिने व्यवस्था गरेको छ ।

कम्पनीको आईपीओमा ६० हजार जनाले आवेदन दिएका थिए । जसमा ४९ हजार ४८५ आवेदकको मात्रै सदर भएको थियो । गोलाप्रथा बिधिबाट बाँडफाँड गर्दा ४० हजार आवेदकले १० कित्ताका दरले पाएका छन् भने ९ हजार ४८५ जनाको हात रितो भएको छ ।

कम्पनीले श्रावण ३२ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो । कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top