नुवाकोट – लोकगीतमा फरक स्वाद र फरक शैली अपनाउने लोकगायक तथा सञ्चारकर्मी दिपक थापाको “तिमी तिर गैरन्छ ध्यान मात्रै” बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । नुवाकोटका चर्चित लोक गायक थापाले आफ्नो युट्युब च्यानलमार्फत म्युजिक भिडिओ सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जाल टिकटकमा हजारौंको मनमा बस्न सफल उक्त गीतमा गायक थापा र चर्चित लोक गायिका पार्वती कार्कीको स्वर रहेको छ ।
गीतमा गायक थापाकै शब्द र संगीत रहेको छ । गीतको म्युजिक भिडिओमा निरेन श्रेष्ठको निर्देशन रहेको छ भने । भिडिओमा कलाकारहरु सुदर्शन खतिवडा, आयुष्मा कार्की, रामकुमार दुतराज र रामकुमार खतिवडाको अभिनय रहेको छ ।
ज्योति फ्लिमस्को पोस्ट प्रडक्सन रहेको म्युजिक भिडिओमा रोशन धितालको सम्पादन रहेको छ ।
गीतमा मायामा सफल हुन नसकेपछि प्रेमी र प्रेमिका दुवैले एकअर्कालाई भुल्न नसकेको भावलाई दर्शाएको म्युजिक भिडीओ गायक मदन थापाको निर्माण संयोजकमा बनेको हो ।
भाद्र २९ गते सार्वजिक भएको म्युजिक भिडीओमा अहिले करिब १५ हजारले हेरीसकेको छ । नुवाकोटका कलाकारको प्रवर्द्धन र काठे लोकगीतको प्रचारप्रसारको लागि गीत हेरेर र सुनेर प्रतिक्रिया दिन गायक थापाले अनुरोध गरेको छ ।
प्रतिक्रिया