२०७५ सालदेखि लामटाङ राष्ट्रिय निकुञ्जकाे कार्यालयमा प्रमुख संरक्षण अधिकृतकाे रूपमा आउनुभएकाे शुष्मा राना कोशी अञ्चलकाे धनकुटा जिल्लामा जन्मनु भई त्यहाँकाे सरकारी विद्यालयबाट माध्यमिक शिक्षा पास गरी वन, विज्ञान अध्ययन संस्थान हेटाैडा र पाेखराबाट वन, विज्ञानमा स्नातकोत्तर गरी नेपाल सरकार वन मन्त्रालय, कानुन मन्त्रालयबाट विभिन्न तालिम लिई वन्यजन्तुकाे चाेरी शिकारी अवैध व्यापार नियन्त्रण तथा वन्यजन्तु अपराध अनुसन्धानसँग सम्वन्धित विषयमा तालिम लिई गाेष्ठिहरूमा समेत भाग लिनु भएकाे छ । उहाँले अमेरिका, भारत लगात नेपालकाे थुप्रै ठाउँहरू जागिरकाे दाैरानमा घुमिसक्नु भएकाे छ । उहाँ लामटाङ राष्ट्रिय निकुञ्जकाे ईतिहासमा पहिलाे महिला बाडेनकाे रूपमा आउनु भएकाे शुष्मा रानासँग समसामयिक विषयमा रहेर सरस्वती न्याैपानेले गरेकाे कुराकानी :
सरकारी सेवामा कहिले प्रवेश गर्नु भयाे ?
सरकारी सेवामा वि. स. २०५५ साल फागुन १२ गते प्रवेश गरेकाे हाे ।
सरकारी सेवाकाे दाैरानमा कहाँ कहाँ बस्नु भयाे ?
मैले सरकारी सेवामा रहदाँ ताप्लेजुङ, तेह्रथुम, माेरङ, झापा, धनकुटा, कास्की, दाेलखा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभाग र अहिले लामटाङ राष्ट्रिय निकुञ्ज रसुवामा कार्यरत छु ।
निकुञ्ज क्षेत्रमा सुरूवाट हाेकि अरू सरकारी निकायबाट आउनुभएको हाे ?
सरकारी सेवामा नेपाल वन सेवाकाे जनरल फरेष्ट्रि समुहकाे रेञ्जर पदबाट सेवा प्रवेश गरेकाे हाे । वि. स. २०७३ साल जेठ २६ गतेदेखि नेपाल वन सेवा, नेशनल पार्क एण्ड वाईल्ड लाईक समुहमा कार्य गर्दै आएकाे छु ।
लामटाङ राष्ट्रिय निकुञ्जकाे ईतिहासमा नै पहिलोपटक तपाईं महिला वाडेन हुनुहुन्छ? कस्तो महशुस गर्नुभएको छ ?
राष्ट्रिय निकुञ्जमा काम गर्ने ईच्छा पहिलेदेखि नै थियाे । मेराे सेवा प्रवेश जनरल फरेष्ट्रिमा भएपनि २०७३ सालदेखि राष्ट्रिय निकुञ्ज एवम वन्यजन्तु विभागमा रहि कार्य गर्दै आईरहेकाे थिए । २०७५ सालदेखि लामटाङ राष्ट्रिय निकुञ्जमा वाडेनकाे रूपमा कार्यरत छु। पक्कै पनि वन, वन्यजन्तु र जैविक विविधताकाे संरक्षणमा समर्पित हुनु चुनाैति पुर्ण कार्य हाे । त्यसमा पनि हाम्राे जस्तो विकासिल देशमा वन, वन्यजन्तुकाे संरक्षण गर्ने कार्य कम चुनाैति पुर्ण छैन ।
लामटाङ राष्ट्रिय निकुञ्जकाे कार्यालय रसुवामा कहिलेदेखि कार्यरत हुनुहुन्छ ?
२०७५ साल मंसिर ७ गतेदेखि कार्यरत छु ।
काम गर्दै जादाँ तपाईंकाे कार्यकालमा चुनाैतिहरू आईपरेकाे छ कि छैन ?
काम गर्दै जादाँ धेरै चुनाैतिहरू आए तर सम्पूर्ण सराेकारवालाहरूकाे साथ र सहयाेगबाट आईपरेका चुनाैतिहरू पाखा सार्दै समाधान गर्दै आईरहेकाे छु ।
तपाईं तीन जिल्लाकाे वाडेन हुनुहुन्छ । तपाईंको कार्यकालमा वन वन्यजन्तु लगायत जैविक विविधताकाे संरक्षण भएका छन ?
विशेष गरि वन्यजन्तुकाे चाेरी शिकार वन, पैदावर र जडिबुटीकाे चाेरी, गैरकानुनी किसिमले निकुञ्जभित्र भाैतिक संरचनाहरू बनाउने, सुख्खा माैसममा हुने वन, डढेलाे र पछिल्लो बर्षहरूमा बढदै गएकाे मानव वन्यजन्तु द्वन्द्व हालकाे यस क्षेत्रमा देखिएका मुख्य समस्याहरूकाे समाधान गर्दै आईरहेका छाै ।
निकुञ्ज क्षेत्रमा हरेक किसिमका संरक्षण सम्वन्धि समस्याहरू आईपर्छन कि पर्दैन ? र काेभिडले कतिकाे असर परेकाे छ ?
काेभिड-१९ ले यस निकुञ्जमा धेरै असर परेकाे छ । वर्षेनी करिब २० हजार पर्यटनले निकुञ्जकाे भ्रमण गर्ने गरेका थिए । समस्या भन्नू नै काेभिड भएकाे छ । यसकाे प्रत्यक्ष असर निकुञ्ज प्रवेश शुल्क घट्नु स्थानिय हाेटल व्यवसायीहरूकाे आय घटनु लगायत राष्ट्रिय कामकाज र अर्थतन्त्रमा ठुलै असर परेकाे छ ।
आम मानिसहरूले लाङटाङ हाे भन्छन लामटाङ हाेईन भन्ने गर्छन यस विषयमा पनि अलि प्रस्ट पारिदिनु?
वास्तवमा यस निकुञ्जकाे नामाकरण नै रसुवा जिल्लामा पर्ने लाङटाङ हिमालकाे नामबाट राखिएकाे छ । २०३२ साल चैत ९ गते तत्कालिन श्री ५ काे सरकारद्वारा प्रकाशित राजपत्र अनुसार “लामटाङ राष्ट्रिय निकुञ्ज ” भनि प्रकाशित भएकाे रहेछ । साेहि अनुसार यस निकुञ्जकाे नाम लामटाङ राष्ट्रिय निकुञ्ज रहेकाे हाे । राजपत्र संशोधनका लागि सम्वन्धित निकायमा लेखि पठाईसकिएकाे छ ।
अहिले यस निकुञ्ज लाई नेपाली सेनाकाे कुन गणले संरक्षणमा सहयोग गरिरहेकाे छ ?
नेपाली सेना बिष्णुदल गणले संरक्षणमा सहयाेग गरिरहेकाे छ ।
तपाइकाे कार्यकालमा संरक्षणकाे पाटाेमा के कस्ता सुधारका कामहरू भए ?
विशेष गरी २०७२ काे भुकम्पले खुम्चिएकाे निकुञ्ज प्रशासन र नेपाली सेनाकाे सुरक्षा पाेष्टलाई विस्तार गर्ने कार्य भयाे । रसुवा र नुवाकोट जिल्लामा रहेकाे सुरक्षा पाेष्टलाइ विस्तार गरी सिन्धुपाल्चोक जिल्लाकाे संवेदनशिल क्षेत्रसम्म विस्तार गरिएकाे छ । सराेकारवाला निकायहरूसँगकाे समन्वय विस्तार भएकाे छ, वन्यजन्तुकाे आखेटाे पहारकाे गैरकानुनी रूपमा हुने ओसारपसारमा कमि आएकाे छ । स्थानीयस्तरमा संरक्षण प्रतिकाे संचेतनामा वृद्वि भएकाे छ ।
संरक्षणकाे पाटाेमा रहेर नेपाली सेना, कर्मचारी, समिति लगायत स्थानीयहरूसँग तपाएकाे कस्ताे सहकार्य गरी अगाडि बढ्नु भएकाे छ?
संरक्षण वास्तवमा निकुञ्ज एक्लैले गर्न सक्दैन र सम्भावना हुदैन निकुञ्जकाे संरक्षणमा स्थानीयकाे सहभागीता र सहकार्य आवश्यकता पर्दछ। वन, वन्यजन्तुकाे संरक्षण कार्य स्थानिय समुह, नेपाली सेना र निकुञ्ज प्रशासनकाे त्रिकाेणात्मक सम्बन्धबाट मात्रै सम्भव छ । र, त्यसै अनुसार हाम्राे कार्यक्रम सञ्चालित छन् ।
अन्तमा?
जैविक विविधताकाे संरक्षण गर्ने भन्ने बिषय आफै भित्रबाट आउनुपर्छ कसैले लादेर अरूकाे करले गर्ने संरक्षण दिगाे हुदैन हामी पनि यहि जैविक विविधताकाे एउटा अंश हाै । संरक्षण गर्नु भनेकाे आफ्नाे पनि संरक्षण हुनु भन्ने कुरा बुझाैं ।
प्रतिक्रिया