+
Search

ताजा अपडेट +

पपुलर +

प्रविधि हस्तान्तरणका लागि ८४ फर्महरूको नामावली सार्वजनिक

gharelu office nuwakot
डबली खबर
३२ मिनेट अगाडी

२४ वैशाख, नुवाकोट । उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले प्रविधि हस्तान्तरणका लागि छनोट भएका ८४ फर्महरूको नामावली सार्वजनिक गरेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै निवेदन दिएका विभिन्न फर्महरूमध्येबाट मापदण्ड पुगेका र उत्कृष्ट ठहरिएका उद्यमीहरूलाई प्रविधि सहायता उपलब्ध गराउने गरी अन्तिम छनोट गरिएको जनाएको हो।

आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाका उद्यमीहरुले अनुदानका लागि उद्यमीहरुले प्रविधि हस्तान्तरण कार्यक्रम शीर्षकमा ५० प्रतिशत अनुदान लिन निवेदन दिएका थिए ।

छनोट प्रक्रियामा परेका फर्महरूले तोकेको समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गरी उपकरण लिनुपर्नेछ।

नतिजा सम्बन्धी विस्तृत विवरण र छनोट भएका फर्महरूको पूर्ण सूची उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटको आधिकारिक वेबसाइट https://cio.nuwakot.bagamati.gov.np मा हेर्न सकिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ