+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा २१८ जनाको गुमेको दृष्टि फर्काइयो

218 people regained their lost sight in Nuwakot An excellent example of humanitarian service
डबली खबर
१९ घण्टा अगाडी

२३ वैशाख, विदुर । अन्धकारमय जीवन बिताउन बाध्य नुवाकोटका २१८ जना नागरिकका लागि यो साता खुसीको नयाँ किरण उदाएको छ।

तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र र नेपाल रेडक्रस सोसाइटी नुवाकोटको संयुक्त पहलमा सञ्चालित विशेष शल्यक्रिया शिविरमार्फत जिल्लाका २१८ जना बिरामीको सफलतापूर्वक दृष्टि फर्काइएको हो।

गत बैशाख २१ र २२ गते आयोजित यस शिविरमा लामो समयदेखि मोतियाबिन्दु र आँखामा मासु पलाउने समस्याका कारण दृष्टि गुमाएका व्यक्तिहरूलाई लक्षित गरिएको थियो।

शिविरमा तिलगंगाका विशेषज्ञ नेत्ररोग डा. इन्दिरा पौडेलको टोली र स्थानीय प्राविधिकहरूको सक्रियतामा २१२ जनाको मोतियाबिन्दु र ६ जनाको आँखामा पलाएको मासुको सफल शल्यक्रिया गरिएको तिलगंगा सर्जिकल आँखा केन्द्र नुवाकोटका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।

जिल्लाका विभिन्न १२ स्थानमा सञ्चालित आँखा परीक्षण शिविरमा सहभागी भएका १ हजार ६ सय ६२ जना मध्येबाट ३१४ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको केन्द्रका प्रमुख ताराबहादुर वाईबाले जानकारी दिए । तर, विविध कारणले शिविरमा २१२ जना मात्र उपचारका लागि उपस्थित भएको उनले जानकारी दिए । बाँकी रहेका १०० जना बिरामीलाई पनि सम्पर्कमा ल्याई छिट्टै अर्को शिविरमार्फत सेवा प्रदान गर्ने लक्ष्य राखिएको उनले बताए ।

नुवाकोटमा बृहत् आँखा शिविर सञ्चालन हुँदै

शिविरमा १५६ जनाको आँखा परीक्षण, १५ जनामा मोतियाविन्दु

देउरालीमा मोतियाबिन्दु छनौट शिविर

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ