२०८१, १५ बैशाख शनिबार

ट्रकको ठक्करबाट दुईको मृत्यु

डबली खबर     असार ३० २०७८ ०८:५४

death body
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – दुई बिपरित दिशाबाट आएको मालवाहक ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मङ्गलबार धादिङ जिल्लाको धाक्रे गाउँपालिकामा-६ महादेवेशिंमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार नुवाकोट जिल्ला बिदुर नगरपालिका-१३ का नारायण शिवभक्ति र उनका १० बर्षीय छोरा आर्यन शिवभक्तिको मृत्यु भएको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले जानकारी दिए ।

नौबिसेबाट मलेखुतर्फ जादैं गरेको ग ४ ख ९४४ नम्बरको ट्रकले विपरित दिशाबाट आएको बा ७३ प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । १० बर्षे आर्यन शिबभक्तिको घटनास्थलमानै मृत्यु भएको र नारायणको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top