+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच सम्झौता

contract with global ime bank and naukunda rural municipality
डबली खबर
४ साल अगाडी

रसुवा – ग्लोबल आइएमई बैंक लिमिटेडनौकुण्ड गाउँपालिका बीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले हस्ताक्षर गरे ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नौकुण्ड गाउँपालिकाको विभिन्न ठाउँहरुमा बाख्रा पालन, डेरी, तरकारी खेती, कुखुरा पालन, बङ्गुर पालन, माछा पालन तथा विभिन्न फलफूलहरूको उत्पादन गर्ने कृषकहरुलाई गाउँपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने गाउँपालिकाले साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ