+
Search

ताजा अपडेट +

पपुलर +

राप्रपाद्वारा त्रिशूली र खरानीटार अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर

डबली खबर
५ साल अगाडी

विदुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सम्पादन समितिका सदस्य तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय अध्यक्ष फणिराज (राजु) लोहनीको पहलमा त्रिशूली अस्पताल र खरानीटार अस्पताललाई एक/एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको छ ।

लोहनीले “सेवाको लागि युवा” संस्थाको सहयोगमा प्राप्त अक्सिजन कन्सन्ट्रेटर त्रिशूली र खरानीटार अस्पताललाई हस्तान्तरण गरहेका हुन् ।

कोभिड-१९ महामारीविरुद्ध अग्रभागमा खटेका स्वास्थ्यकर्मीहरुले गरेको कार्यको उच्च प्रशंसा गर्दै सदस्य लोहनीले आफुले गरेको सानो सहयोगले कोभिड–१९ विरुद्धको अभियानमा थप सहयोग हुने बिश्वासका साथ उपलब्ध उपकरणले रोगको उपचारमा सहयोग प्राप्त हुने बताए ।

त्रिशूलीमा अस्पतालमा मेडिकल सुपरिटेन्डेण्ट डा. दिपेन्द्र पाण्डे र खरानीटार अस्पतालमा तादी गाँउपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेलाई हस्तान्तरण गरिएको छ ।

लोहनीको समूहले थानसिङ्ग स्वास्थ्य केन्द्र र बेलकोटगढी–१२ मदानपुरलाई ५/५ थान पिपिई, पन्जा, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ