२०८१, १३ बैशाख बिहीबार

ग्लोबल आइएमई बैंकले मुद्दती याेजनामा ८.०१ प्रतिशत ब्याज, घरबाटै खाता खोल्न सकिने

डबली खबर     असार ८ २०७८ १७:३४

global ime bank fixed deposit scheme
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडों – ग्लोबल आइएमई बैंकको मुद्दती बचत खातामा बचत गर्दा ८ प्रतिशतभन्दा बढि ब्याज पाइने भएको छ ।

असार १ गतेदेखि लागू हुने गरी प्रकाशित बैंकको नयाँ ब्याजदरअनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८ दशमलव ०१ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने छ ।

साथै, मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ र ईन्टरनेट बैंकिङ प्रयोग गरी सुरक्षित रही घरबाट नै खोल्न समेत सकिनेछ । बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्चतम् प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउँदै आएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २ सय ७३ शाखा, २ सय ४७ एटीएम, २ सय ५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top