२०८१, १३ बैशाख बिहीबार

पाकिस्तानमा विद्युत आपुर्तिमा ह्रास, अघोषित लोडसेडिङ

एजेन्सी     जेष्ठ २७ २०७८ २१:४९

power crisis in Pakistan
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

पाकिस्तानमा गर्मी समयमा विद्युत आपूर्तिमा ह्रास आएको छ । गर्मीको कारणले विद्युतको माग ६ हजार मेगावाट पुगेको छ । गर्मी समयमा बिद्युत सेवाको मागमा वृद्धि हुनु माग बमोजिम आपुर्ति गर्न नसक्दा यसले पाकिस्तानका खासगरी सहरी क्षेत्रका नागरिकलाई पीडा भएको बताइएको छ । बिद्युत अभावका कारण पाकिस्तानी उद्योगहरू तथा कलकारखानाले समेत पूरा क्षमतामा सामान उत्पादन गर्न नसकेको बताइएको छ ।

टार्बेला बाँधमा बाढीले हिलो ल्याएको र बाँध मर्मत गर्नु परेकोले अनिश्चित कालका लागि बिद्युत् उत्पादन अवरूद्ध बनेपछि व्यापक लोडसेडिङ हुन थालेको एआरवाई न्यूजले पाकिस्तानी अधिकारीलाई उद्धृत गरी लेखेको छ ।

पाकिस्तानको लाहोर इलेक्ट्रिक पावर सप्लाई कम्पनीमा बिद्युतको माग पाँच हजार मेगावाट रहेको र हाल उत्पादित बिद्युतले थप एक हजार मेगावाटको मागलाई सम्बोधन गर्न नसक्दा अभाव देखिएको हो । पाकिस्तानका कराँची लगायतका सहरमा दैनिक १२ घण्टासम्म लोडसेडिङ हुनेगरेको एआरवाई नूयूजले जनाएको छ ।

लकडाउन र लोडसेडिङका कारण पाकिस्तानी अधिकांश उद्योगहरूले दैनिक दुई घण्टामात्र सामान उत्पादन गर्ने गरेको कराँची इलेक्ट्रोनिक डिलर्स एसोसिएसनका अध्यक्ष रिजवान इरफानले बताउनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top