२०८१, ७ बैशाख शुक्रबार

श्रीमान् स्वास्थ्य मन्त्री ज्यू तथा नुवाकोट जिल्लाका सम्पूर्ण माननीय तथा उच्च पदस्थका राजनीतिज्ञहरुलाई खुल्ला पत्र

सुदिप श्रेष्ठ     जेष्ठ ७ २०७८ १४:१२


open letter to health minister from sudeep shrestha

आदरणीय स्वास्थ्य मन्त्री ज्यु, नुवाकोट जिल्लाका सम्पूर्ण माननीय तथा उच्च पदस्थका राजनीतिज्ञहरु नमस्कार ! म विदुर नगरपालिका वडा नं. ९ कोलेनी निवासी सुदिप श्रेष्ठ ।

नुवाकोट, धादिङ र रसुवा जिल्लाबाट कोभिड-१९ रोगको उपचार गर्ने अस्पताल र कोभिड-१९ परिक्षण गर्ने एक मात्र ल्याबको व्यवस्था भएको जिल्ला अस्पताल – त्रिशुली अस्पताल

विश्व व्यापि फौलिएको कोभिड-१९ को रोकथामका लागि यस नुवाकोट जिल्लाका नेता गण तथा स्थानीय तह, प्रदेश र केन्द्र सरकारले यस अस्पतालको लागि आर्थिक, सामाजिक, भौतिक तथा विभिन्न तवरबाट सहयोग भईरहेको छ र एवम् रितले आगामि दिनमा पनि हुने कुरामा हामी विश्वस्त छौं । हाम्रो नुवाकोट जिल्लाको “त्रिशुली अस्पताल”, देशभरमै “उत्कृष्ठ अस्पताल” पनि यहि महामारी बिच सावित भएको हामी सबै समक्ष जगजाहेर नै छ ।

तर अहिले आएर यस अस्पतालको मुख्य समस्या भनेको पर्याप्त मात्रामा दक्ष जनशक्तिको अभाव हो । अतः अस्पताल भौतिक रुपमा सम्पन्न मात्र भएर पनि हुन्न, यसको अलवा सबैभन्दा मुख्य कुरा दक्ष र तालिम प्राप्त जनशक्ति हो । अहिले त्रिशुली अस्पताल कोभिड उपचारार्थ चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीको निकै नै खाँचो रहेको छ । अस्पतालमा थप चिकित्सक तथा स्वास्थ्यकर्मिको अभाव निराकरणको लागि अस्पताल प्रशासन तथा व्यवस्थापन पक्ष पनि निरन्तर प्रयासरत छन् तर पनि सोचे अनुरुप चिकित्सकको व्यवस्था हुन नसक्दा कोभिड उपचार व्यवस्थापनमा निकै समस्या आईरहेको छ ।

राष्ट्रिय/अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एक भेन्टिलेटर सहितको बेडमा एक मेडिकल अफिसर र दुई तालिम प्राप्त दक्ष नर्सको व्यवस्था हुनुपर्ने हो । तर एक जना एनेस्थेसियोलोजिस्ट विशेषज्ञ डाक्टरले आफनो साधारण क्षमतामा २ दुई ओटा भेन्टिलेटरको बिरामी र आईसियु मात्र हेर्ने हुन्छ। तर हाल त्रिशुली अस्पतालमा एक मात्र रहेको एनेस्थेसियोलोजिस्ट डाक्टर रिमा खड्काको अधिकतम क्षमताबाट एक आईसियु र ६ ओटासम्म भेन्टिलेटर चलिरहेको छ । आईसियुका सम्पूर्ण कर्मचारीहरुले पनि अधिकतम कामकाज गरी आफ्नो दायित्व निर्वाह गर्दै आईराख्नु भएको छ । जसबाट आगामी दिनमा यो सम्पूर्ण स्वास्थ्य प्रणालीनै कोल्याप्स हुने खतरा व्यापक देखिन्छ ।

दैनिक रुपमा नुवाकोट, धादिङ र रसुवा जिल्लाका करिब एक सय भन्दा बढी नागरिकहरुमा कोरोना पोजेटिभ देखिएको अस्पतालको पिसिआर ल्याब रिपोर्टले देखाएको छ । यस्तै, त्रिशुली अस्पतालमा रहेको ६ वटा आईसियु बेड कोभिड-१९ विरुद्ध उपचारको लागि संचालनमा आएको दिन देखि भरिभराउ भइ आईरहेको छ, आजको दिनसम्म पनि! अस्पतालमा ६ आईसियु बेडसहित ७० कोभिड केयर बेड संचालनमा रहेकोमा आजको दिनमा पनि ५५ बेडमा तिनै जिल्लाका कोभिड सङ्क्रमित बिरामीहरु उपचारत रहेका छन् । अहिलेसम्म कोभिडका बिरामी १४३ जना भर्ना भएको अस्पतालको तथ्यांकले देखाएकोमा ६९ जना निको भएर घर फर्केको अवस्था छ । तर बिरामी उपचारमा तल्लिन महारथी डाक्टर, चिकित्सक र स्वास्थ्यकर्मीहरु २४सै घण्टा रोग र भोकविरुद्ध सँगसँगै लडाइँमामा खटिएका छन् । अस्पतालमा जटिल प्रकारका सङ्क्रमित बढ्दै जाँदा सीमित जनशक्तिले उपचार गर्न धौ-धौ परिरहेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले बताएको छ ।

तसर्थ सम्पूर्ण राजनितिज्ञ र नेतागणहरुमा विनम्र अनुरोध सहित यस त्रिशुली अस्पताललाई भोलिको दिनमा पनि आजको दिनमा जस्तै कोभिड-१९ सम्बन्धी उपचार गर्ने उत्कृष्ट थलो बनाई राख्न थप दक्ष जनशक्ति व्यवस्था गरिदिन आजै सबैले आआफ्नो क्षेत्रबाट पहल कदमी चालिदिन र थप क्षति हुनबाट देशलाई बचाउन यो खुला पत्र बाट नै ध्यानाकर्षण गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top