२०७८, २३ बैशाख बिहीबार
Bidur Tax Consultancy Service

कोभिड बहानामा बेतलबी बिदामा राख्ने र निष्कासन गर्ने काम भए नेपाल पत्रकार महासंघ बागमती प्रदेश कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी

डबली खबर     बैशाख १८ २०७८ २०:१३


Trishuli Web Design Services in Nuwakot
bagamati journalist rapid response team

हेटौंडा – नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोभिड जोखिमको बहानामा सञ्चारकर्मीहरुलाई बेतलवी बिदामा नराख्न र निष्काशन नगर्न सञ्चारमाध्महरुलाई आग्रह गरेको छ ।

शनिबार महासंघले आयोजना गरेको भर्चुअल बैठकबाट कोभिड-१९ को बहानामा बेतलवी बिदामा राख्ने र निष्काशन गर्ने काम भए महासंघ कडा संघर्षमा उत्रन बाध्य हुने नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिव देवकोटाले जानकारी दिए ।

महासंघले कोभिड जोखिममा रहेका पत्रकारलाई परेको समस्या सम्बोधन र कोभिड जोखिम न्यूनीकरणका लागि पूर्व तयारीस्वरुप अध्यक्ष देवकोटाको संयोजकत्वमा ११ सदस्यीय र्‍यापिड रेस्पोन्स टिम गठन गरेको छ । टिममा उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, सचिव युवराज पुरी, सचिव राजन गाउँले (विक), कोषाध्यक्ष रमेश ढुङ्गेल, कार्य समिति सदस्यहरु प्रविण दत्त, ज्ञानु श्रेष्ठ, काजि श्रेष्ठ, पेमा लामा र श्याम प्रसाद खतिवडा रहेका छन् । बैठकले बागमती प्रदेशका सबै जिल्ला शाखाहरुलाई र्‍यापिड रेस्पोन्स टिम गठन गरी आवश्यक रणनीति निर्माण गरी काम गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी रहेका सञ्चारकर्मीहरुलाई खोप लगाउन र स्वास्थ्य सतर्कता अपनाएर मात्र कार्य क्षेत्रमा खटिन आग्रह गर्ने निर्णय गरिएको जानकारी दिदैं महासचिव कृष्णसारु मगरले प्रदेश र जिल्लास्थित सम्बन्धित निकायहरुलाई आवश्यक खोपको प्रबन्ध गरी समन्वयको लागि अनुरोध गरिएको बताए ।

कोरोनाको जोखिमका कारण सकेसम्म घरमै बसेर काम गर्ने वातावरण निर्माणको लागि सम्बन्धित सञ्चारमाध्यमहरुलाई महासंघले आग्रह गरेको छ । आफ्नो सञ्चारगृहमा रहेका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सतर्कताका सामग्रीहरु उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।

कोभिड महामारीबाट प्रभावित बनेको संचारक्षेत्रलाई परेको आर्थिक क्षति न्यूनिकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरुलाई आर्थिक प्याकेज उपलब्ध गराउन ध्यानाकर्षण गर्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz


Top