२०८१, १३ बैशाख बिहीबार

बढ्दै छन्, कोरोना ‘सङ्क्रमितहरु’

डबली खबर     बैशाख १८ २०७८ २०:३६

corona update nuwakot nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा महिला २२ र पुरुष २३ जना रहेका छन् । सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका ३२ जना, बेलकोटगढी र लिखुका ४/४ जना, ककनी, दुप्चेश्वर र किस्पाङका १/१ जना र तारकेश्वरका २ जना रहेका छन् ।

हाल जिल्लामा १६७ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । जसमा १२ जना त्रिशुली अस्पतालको आईसोलेसनमा र १५५ होम आइसोलेसनमा उपचारत रहेका छन् ।

यस्तै, शनिबार दुई जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट’ दुइको मृत्यु भएको छ भने १ हजार ३४१ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top