२०७८, ४ आश्विन सोमबार

नुवाकोटमा भित्रियो कलर अफसेट प्रिन्टिङ सेवा, काठमाडौंकै सर्वसुलभ मूल्यमा छपाई

डबली खबर     बैशाख १ २०७८ १२:२८

nabindra man pradhan standing in front of color offset press machine
tribhuwan trishuli secondary school admission open
bidur tax

विदुर- नुवाकोटमा पहिलोपटक कलर सम्बन्धि सम्पूर्ण छपाईको लागि अफसेट प्रिन्टिङ मेशिन सञ्चालनमा आएको छ । सदरमुकाम विदुरमा गोसाइँकुण्ड अफसेट प्रेसले करिब ३० लाखको लगानीमा व्यवसायी नविन्द्रमान प्रधानले कलर प्रिन्टिङ अफसेट प्रेस जिल्लामा भित्र्याएका हुन् ।

गतवर्षको चैत्र १३ गते शुक्रबारदेखि सञ्चालनमा आएको उक्त प्रेसबाट हालसम्म चेम्बर अफ कमर्श, वाणिज्य संघ, सहकारीलगायतका गरि ३५ भन्दा बढी विभिन्न संघसंस्थाहरुको नयाँ वर्षको क्यालेण्डर छपाई, ब्रोसर, लेटरप्याड, पम्पलेट छपाई गरिसकेको उनले बताए ।

“जिल्लाबाट कलर सम्बन्धि छपाई कामको लागि काठमाडौंसम्म जानुपर्ने बाध्यता थियो । राजधानीसम्म कलर प्रिन्टिङ सेवा लिन जादाँ धेरै खर्च हुने गर्थ्यो । अहिले यो बाध्यताको अन्त्य भएको छ”, उनले भने “प्रेसले नुवाकोटमा पहिलोपटक ०५८ सालमा अफसेट प्रिन्टिङ सेवा भित्र्याएका थियौं । अहिले बजारको मागलाई मध्यनजर गर्दै स्थापनाकालको २० वर्षपछि जिल्लामै पहिलोपटक कलर प्रिन्टिङ सेवा भित्र्याउन सफल भएका छौँ ।”

“उपभोक्ताको मागलाई काठमाडौंकै सर्वसुलभ मुल्यमा सेवा दिएका छौं । नुवाकोट र रसुवाको उपभोक्ताले नुवाकोटको सदरमुकाम विदुरमा रहेको प्रेसबाटै रङ्गिन छपाई सेवा लिन सकिने छ ।”

उपभोक्तालाई अझ सर्वसुलभ मुल्यमा प्रभावकारी कलर छपाई सेवा दिने उद्धेश्यले व्यवसायमा लगानी गरेको गोसाइँकुण्ड अफसेट प्रेसका प्रबन्धक सनिन्द्र प्रधानले बताए ।

“यसअघि अफसेट प्रेसले दुईकलरको छपाई सेवा दिदैँ आईरहेकोमा गत महिनादेखि कलर अफसेट प्रेसको सेवाको सुरुवात गरेका हौं”, उनले भने “प्रेसले हालसम्म फ्लेक्स सम्बन्धि सम्पूर्ण प्रिन्ट, स्टिकर, मायाको चिनो, विवाहकार्ड तथा फोटो फ्रेमको उत्पादन तथा बिक्रि, सेल्फ तथा नाईलन छाप लगायत छपाई सम्बन्धि सबै सेवा दिदैँ आईरहेका छौं । अबदेखि प्रेसमा कलर छपाईका किताब, पत्रपत्रिका, होटल तथा रेस्टुरेन्टका मेनुकार्ड लगायत आकर्षक कलर छपाई सम्बन्धि हुनेछ ।”

“कोरोनामहामारीले विश्व बजारमा आर्थिकतन्त्र अस्तव्यस्त भइरहेको समयमा कलर अफसेट प्रिन्टिङ मेशिन जिल्लामा भित्र्याउन चुनौतीपूर्ण थियो”, उनले भने “मेशिन भित्र्याईयो तर बजारमा छपाईको लागि आवश्यक कागजको अभावले सेवा प्रवाहमा समस्या थपेको छ । कागजको बजार अभावले कागजको मूल्यमा वृद्धि भएको छ तर पनि हामीले काठमाडौंकै सर्वसुलभ मूल्यमा सेवा दिदैँ आईरहेका छौँ ।”

अफसेट प्रेस उच्च स्तरिय प्रविधिको भएको र यस व्यवसायमा थप ३ जनाले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । हाल प्रेसमा ९ जनाले रोजगारी पाएका छन् ।

कलर सम्बन्धि सम्पूर्ण छपाई सेवाको स्थापनाले नुवाकोट र रसुवाबासीहरुको व्यवसायिक संगठन बलियो बनाउन र बजार विस्तारमा थप टेवा पुग्ने भएको छ ।

प्रकाशित: बैशाख १ २०७८ १२:२८

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top