२०८१, १३ बैशाख बिहीबार

नेपाल पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा पुन:कपिलदेव

डबली खबर     चैत्र २६ २०७७ ०७:५६

flyer election winner candidate kapildev khanal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट जिल्ला शाखा नुवाकोटको अध्यक्षमा पुन: कपिलदेव खनाल निर्वाचित भएका छन् । उनको नेतृत्व टिमका एकाधबाहेकका सबै उम्मेदवारहरु विजयी भएका छन् ।

प्रेस संगठन (प्रेस सेन्टर) र प्रेस युनियनको गठबन्धन टिमबाट उम्मेदवारी दिएका खनालले ६३ मत मतान्तरले प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन र स्वतन्त्र पत्रकारको संयुक्त प्यानलको टिमबाट उम्मेदवारी दिएका नारायणप्रसाद नेपाललाई हराएका छन् । खनालले १०९ र नेपालले ४६ मत प्राप्त गरेका छन् । जितसँगै खनालले नेपाल पत्रकार महासंघ नुवाकोटमा आफ्नो कार्यकाल दोहोराएका छन् ।

निर्वाचनबाट उपाध्यक्षमा नमराज सुवेदीले ८५ मत, महिला उपाध्यक्षमा जमुना गजुरेलले ९५ मत र सहसचिवमा सुरज सिलवालले १०८ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा सुनिल विष्टले ८९ प्राप्त गरेका छन् । उनले स्वतन्त्र उम्मेदवारको तर्फबाट उम्मेदवारी दिएका गमला लामालाई २१ मतान्तर मतले जित हासिल गरे । लामाले ६८ मत प्राप्त गरिन् । विष्टले पनि आफ्नो कार्यकाल दोहोराएका छन् । दुवै उम्मेदवार नेपाली काँग्रेस निकटका हुन् ।

यस्तै, सदस्यहरुमा मुकुन्दराज अर्याल १२१, राममणि अधिकारी ११३, सुजित भण्डारी ११९, हरिराम भेटुवाल ११०, उषा रेग्मी १३४ र रविन दाहालले १२६ मत प्राप्त गरे। निर्वाचनमा रेग्मीले सबैभन्दा बढी मत प्राप्त गरेकी थिईन् ।

निर्वाचनबाट शालिकराम चालिसेले ७८ प्राप्त गरेसँगै नेपाल नेतृत्वको टिमका सदस्य उम्मेदवार कृष्ण अधिकारीसंग हार व्यहोरे । अधिकारीले ८८ मत प्राप्त गरी विजयी भए ।

नेपाल नेतृत्वको टिमका उपाध्यक्ष पदका लागि नवदीप श्रेष्ठ ७४, महिला उपाध्यक्षमा रुपा अर्यालले ६० र सहसचिवमा भारतसन्तोषी लामाले ४४ मत प्राप्त गरी पराजय भएका छन् ।

यस्तै, केन्द्रीय विधान परिषद सदस्यमा भोलाप्रकाश पौडेल, प्रकाशकुमार अधिकारी, किरणप्रसाद अधिकारी र बद्रिप्रसाद अधिकारी विजयी भएका छन् । केन्द्रीय विधान परिषद सदस्यहरुले क्रमश: १३४, १२५, १२१ र ९१ मत प्राप्त गरेका छन् । निर्वाचनमा देवचन्द्र भट्टले ८५ प्राप्त गरि पराजित भएका छन् ।

खनाल प्यानलका सचिव पदका उम्मेदवार जगदीश खनाल, समावेशी सहसचिव दुर्गा पनेरु, महिला सदस्यमा मनिषा सापकोटा, दलित सदस्यमा राजकुमार नेपाली, जनजाति आदिवासीमा भगवती लामा, समावेशी सदस्यमा प्रितिका थापा निर्विरोध निर्वाचित भएका थिए।

यस्तै, प्रदेश परिषद पदका लागि सर्वसम्मत रुपमा रोशन भण्डारी, शर्मिला उप्रेती, द्वारिका प्याकुरेल, सन्तोष रिजाल, श्रीराम अधिकारी, माधवकुमार गजुरेल, रमेश अधिकारी, रिना खनाल, विष्णु चालिसे, सफलता बोगटी, श्रीकृष्ण आचार्य र राजेन्द्र गजुरेल निर्विरोध निर्वाचित भएका थिए ।

नेपाल पत्रकार महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाएपछि बुधबार पहिलो पटक देशभर एकैदिन २६ औँ महाधिवेशनको आज चैत २५ गते ऐतिहासिक निर्वाचन भएको थियो । १३ हजारभन्दा बढी पत्रकार सदस्यहरुले आफ्नो नेतृत्व चयनका लागि मतदान गरेका थिए । नुवाकोटमा भने कुल १७४ मतदाता रहेकोमा १६३ मत खसेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top