२०८१, १३ बैशाख बिहीबार

आज नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशन रणसङ्ग्राम, नुवाकोटमा को-कसको उम्मेदवारी?

सुनील श्रेष्ठ     चैत्र २५ २०७७ ०७:४३

election candidate of fnj nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाल पत्रकार महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाएपछि बुधबार पहिलो पटक देशभर एकैदिन २६ औँ महाधिवेशनको आज चैत २५ गते ऐतिहासिक निर्वाचन हुँदैछ । १३ हजारभन्दा बढी पत्रकार सदस्यहरुले आफ्नो नेतृत्व चयनका लागि मतदान गर्दैछन् ।

नुवाकोट शाखाको नयाँ कार्यसमितिको अध्यक्षमा कपिलदेव खनाल र नारायणप्रसाद नेपालको उम्मेदवारी रहेको छ ।

आज हुने अधिवेशनमा खनालले प्रेस संगठन (प्रेस सेन्टर) र प्रेस युनियनको गठबन्धन टिमबाट उम्मेदवारी दिएका हुन् । नेपालले प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन र स्वतन्त्र पत्रकारको संयुक्त प्यानलको टिमबाट उम्मेदवारी दिएका हुन् ।

खनालले यसअघि महासंघको एक कार्यकाल पुरा गरिसकेको छन् । उनले ०७४ मा भएको निर्वाचनमा प्रेस युनियनतर्फका प्रकाशकुमार अधिकारीलाई हराएका थिए । उनी रेडियो त्रिशुली, इमेज साप्ताहिक र टिभी त्रिशुलीमा आबद्ध छन् । नेपाल कम्पन मासिक पत्रिका र कम्पन पोस्ट डटकम, जनआस्था, अनलाईन खबर र त्रिशुली प्रवाहमा कलम निरन्तर चलाउँदै आईरहेका छन् ।

आज हुने निर्वाचनको लागि कपिलदेवको नेतृत्व टिममा उपाध्यक्षमा नमराज सुवेदी, महिला उपाध्यक्षमा जमुना गजुरेल, कोषध्यक्षमा सुनिल विष्ट रहेका छन् । सदस्यहरुमा मुकुन्दराजा अर्याल, राममणि अधिकारी, सुजित भण्डारी, शालिकराम चालिसे, हरिराम भेटुवाल, उषा रेग्मी र रविन दाहाल रहेका छन् । यस्तै, केन्द्रिय परिषदका लागि बद्रीप्रसाद प्याकुरेल, किरणप्रसाद अधिकारी, प्रकाशकुमार अधिकारी र भोलाप्रकाश पौडेल रहेका छन् ।

नेपाल नेतृत्वको टिमबाट उपाध्यक्षमा नवदीप श्रेष्ठ, महिला उपाध्यक्षमा रुपा अर्याल, सहसचिवमा भारतसन्तोषी लामा र सदस्यमा कृष्ण अधिकारी रहेका छन् । यस्तै, केन्द्रीय विधान परिषद सदस्यमा देवचन्द्र भट्टको उम्मेदवारी रहेको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवारको तर्फबाट गमला लामाले कोषाध्यक्ष पदका उम्मेदवारी दिएका छन् ।

खनाल प्यानलका सचिव पदका उम्मेदवार जगदीश खनाल, समावेशी सहसचिव दुर्गा पनेरु, महिला सदस्यमा मनिषा सापकोटा, दलित सदस्यमा राजकुमार नेपाली, जनजाति आदिवासीमा भगवती लामा, समावेशी सदस्यमा प्रितिका थापा निर्विरोध निर्वाचित भईसकेका छन् ।

यस्तै, प्रदेश परिषद पदका लागि सर्वसम्मत रुपमा रोशन भण्डारी, शर्मिला उप्रेती, द्वारिका प्याकुरेल, सन्तोष रिजाल, श्रीराम अधिकारी, माधवकुमार गजुरेल, रमेश अधिकारी, रिना खनाल, विष्णु चालिसे, सफलता बोगटी, श्रीकृष्ण आचार्य र राजेन्द्र गजुरेल निर्विरोध निर्वाचित भए ।

प्रदेश परिषद सदस्य पदको लागि सदस्य अवधि प्रक्रिया नपुगेको भन्दै सुनील श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ । प्रदेश परिषद सदस्य पदको लागि पाँच वर्ष पुरा भएको हुनुपर्नेथियो ।

इलम प्रशिक्षण केन्द्र विदुरमा हुने मतदानमा नुवाकोटका १७४ जना पत्रकार तथा संचारकर्मीहरुले मतदान प्रक्रियामा सहभागि हुने छन् ।

निर्वाचन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानमा तीन निर्वाचन समिति र पाँच स्वयंसेवक खटिने छ ।

*सच्चाईएको: स्वतन्त्र उम्मेदवारमा गमला लामाले कोषाध्यक्ष पदका उम्मेदवारी दिएको छुट्न गएकोमा क्षमा प्रार्थी छौं ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top