sujim bazar advert

आयोजक शिवपुरी गाउँपालिका शिवपुरी अध्यक्ष गोल्डकपको फाइनलमा प्रवेश

डबली खबर     चैत्र २४, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

Shivapuri vs Suryagadhi
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – आयोजक शिवपुरी गाउँपालिका सुर्यगढी गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शिवपुरी गाउँपालिकाले अमृत तामाङको गोलबाट खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो । तर सुर्यगढीका रञ्जित गुरुङले ५४ औं मिनेटमा बराबरी गोल गरे । त्यसपछिको प्रतिष्पर्धात्मक खेलमा शिवपुरीका मोहन गुरुङले ७६ औं मिनेटमा सुन्दर गोल गरी शिवपुरीलाई खेलमा फर्काए ।

निर्धारित ८० मिनेटको खेल सकिएपछि थप गरिएको समयमा शिवपुरीका अनिश घर्ती क्षेत्रीले गोल गरी शिवपुरीको जीत सुनिश्चित गरे ।

खेलमा मोहन गुरुङ म्यान अफ द म्याच घोषित भए ।

शिवपुरी अध्यक्ष गोल्डकपको फाइनल खेल २५ गते बुधबार हुनेछ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top