२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

आयोजक शिवपुरी गाउँपालिका शिवपुरी अध्यक्ष गोल्डकपको फाइनलमा प्रवेश

डबली खबर     चैत्र २४ २०७७ १३:५३

Shivapuri vs Suryagadhi
pratik book and stationery center in nuwakot

नुवाकोट – आयोजक शिवपुरी गाउँपालिका सुर्यगढी गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शिवपुरी गाउँपालिकाले अमृत तामाङको गोलबाट खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो । तर सुर्यगढीका रञ्जित गुरुङले ५४ औं मिनेटमा बराबरी गोल गरे । त्यसपछिको प्रतिष्पर्धात्मक खेलमा शिवपुरीका मोहन गुरुङले ७६ औं मिनेटमा सुन्दर गोल गरी शिवपुरीलाई खेलमा फर्काए ।

निर्धारित ८० मिनेटको खेल सकिएपछि थप गरिएको समयमा शिवपुरीका अनिश घर्ती क्षेत्रीले गोल गरी शिवपुरीको जीत सुनिश्चित गरे ।

खेलमा मोहन गुरुङ म्यान अफ द म्याच घोषित भए ।

शिवपुरी अध्यक्ष गोल्डकपको फाइनल खेल २५ गते बुधबार हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top