२०८१, ११ बैशाख मंगलवार

नेपाल पूर्व प्रहरी संगठनको अध्यक्षमा तामाङ

डबली खबर     चैत्र १ २०७७ १६:१४

police nuwakot hom bahadur tamang
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्यसमितिको अध्यक्षमा होमबहादुर तामाङ चयन भएका छन् ।

शनिबार भएको सातौ वार्षिक साधारणसभा तथा अधिवेशनले सर्वसम्मत रुपमा तामाङ अध्यक्षमा चयन भएको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रामबहादुर वस्ती, उपाध्यक्षमा नन्दप्रसाद देवकोटा, कृष्णप्रसाद रिमाल र लालबहादुर तामाङ, सचिवमा रणबहादुर तामाङ, सहसचिवमा कुलबहादुर थापा, कोषाध्यक्षमा सागर तामाङ र सहकोषाध्यक्षमा गंगादेवी बोगटी चयन भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा रामप्रसाद नेपाल, कृष्णबहादुर थापा मगर, सादुराम रिमाल, राधाकृष्ण भण्डारी, देवकी लामा, उर्मिला घले, श्यामबहादुर तामाङ, राजेन्द्रबहादुर बोगटी, मोहन खड्का, पूर्णलाल श्रेष्ठ, चन्द्रबहादुर बोगटी, पूर्णबहादुर राई र रामकुमार श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, पूर्वअध्यक्ष अरुण घले केन्द्रिय प्रतिनिधिमा चयन भएका छन् । सल्लाहकार समितिको संयोजकमा कृष्णप्रसाद लोहोनी र सदस्यहरुमा कृष्णप्रसाद देवकोटा, इन्द्रबहादुर तामाङ, उत्तरबहादुर लामा र विष्णुप्रसाद घिमिरे रहेका छन् ।

हाल समूहमा कार्य गर्दै आइरहेको आर्थिक बचतलाई पूर्वप्रहरी बचत तथा ऋण सहकारी संस्था स्थापना गरि पूर्व प्रहरीहरुको हक हित र आर्थिक उन्नतीको लागि यस कार्य समितिले विशेष पहल गरिने नवनिर्वाचित अध्यक्ष तामाङले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विपदमा परेका नागरिकहरुको उद्दार तथा राहतका प्याकेजहरु संगठन मार्फत सञ्चालन गरिने तामाङको प्रतिवद्धता रहेको छ ।

नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समितिको आजिबन सदस्य लिनेको सङ्ख्या २ सय २५ जना रहेको संगठनले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top