२०७८, २२ मंसिर बुधबार
election office notice 2021

ड्वांचे बृहत खानेपानीमा बाबुराम

डबली खबर     फाल्गुन २५ २०७७ २०:११

dwanchhe drinking water nuwakot
bidur tax
SEBON

नुवाकोट – ड्वांचे बृहत खानेपानी उपभोक्ता समितिको अध्यक्षमा विदुर नगरपालिकाका वडा नम्बर ११ का बाबुराम तामाङ चयन भएका छन् ।

तामाङको अध्यक्षतामा १७ सदस्यीय उपभोक्ता समितिको पुनर्गठन भएको हो ।

पुनर्गठित समितिको उपाध्यक्षमा कृष्णमान तामाङ, सचिवमा शंकर अधिकारी र कोषाध्यक्षमा अन्जु गिरी चयन भएका छन् ।

समितिको सदस्यहरुमा शेरबहादुर तामाङ, भैरवबहादुर तामाङ, आनन्दला श्रेष्ठ, नरबहादुर थापामगर, सुन्तली प्याकुरेल, लक्ष्मी तामाङ, ईश्वरबहादुर तामाङ, जीतबहादुर तामाङ, बुद्धबहादुर तामाङ, श्यामराज पाण्डे, रामचन्द्र तामाङ र कृष्णमान घले चयन भएका छन् ।

बहुप्रतिक्षित खानेपानी आयोजनाबाट लच्याङ, वागेश्वरी, नर्जामण्डप, खानिगाउँ, हल्देकालीका, गेर्खु र विदुर नगरपालिकाका उपभोक्ताहरुलाई सुविधा पुग्ने जनाएको छ ।




Bachchhaladevi Suppliers
Trishuli Web Design Services in Nuwakot
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani

प्रतिक्रिया


Top