२०८१, १३ बैशाख बिहीबार

नुवाकोटमा ग्लोबल फेडेरेसन फाउन्डेसन गठन

डबली खबर     फाल्गुन १७ २०७७ १५:३२

Global Nepalese Chef Federation - GNCF Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – होटल तथा रेस्टुरेन्ट व्यवसायमा आबद्ध रहेका सेफहरुको छाता सङ्गठन ग्लोबल फेडेरेसन फाउन्डेसन जिल्ला समिति नुवाकोट गठन भएको छ ।

फाउन्डेसन नुवाकोटमा सुमन रिमालको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा पशुपति गजुरेल, सचिवमा गणेश न्यौपाने, सहसचिवमा गोकुल भण्डारी र कोषाध्यक्षमा रेहित पुडासैनी चयन भएका छन् ।

यस्तै, सदस्यहरु मोदनाथ गजुरेल, दिनेश सापकोटा, केदार ढकाल, दिपक ढकाल, सन्देश घिमिरे, कृष्णमान श्रेष्ठ, प्रकाश सुवेदी, उमेश ढकाल, राजकुमार श्रेष्ठ, दिनेश गजुरेल र रमेश श्रेष्ठ चयन भएका छन्।

समितिको सल्लाहकारमा अरुण अधिकारी, रामकाजी विक, दिनेश श्रेष्ठ, प्रदिप पौडेल, रमेश भण्डारी र नमराज तामाङ चयन भएका छन् ।

नुवाकोटका होटल तथा रेस्टुरेन्टहरुमा करिब ५०० सेफहरु कार्य गर्दै आईरहेको प्रारम्भिक तथ्यांक रहेको समितिका उपाध्यक्ष पशुपति गजुरेलले बताए । समितिले जिल्लामा रहेका सेफहरुलाई एकिकृत गर्दै क्षमता अभिवृद्धिको लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रदान गर्दै लैजाने लक्ष्य रहेको उनले बताए ।

फाउन्डेसनले नेपाली मौलिक खानाको प्रवर्द्धनको लागि विभिन्न समयमा कार्यक्रम गर्दै आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top