२०७८, १७ श्रावण आईतवार

भूमि सम्बन्धि समस्या समाधान आयोग नुवाकोटमा

डबली खबर     फाल्गुन १५ २०७७ १२:३६


bhumi aayog Land Issue Resolving Commission nepal
Tribhuvan Trishuli Secondary School
bidur tax

नुवाकोट – भूमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति नुवाकोटको कार्यालय औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ ।

शुक्रबार सदरमुकाम विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालय हाताभित्र आयोगका अध्यक्ष देविप्रसाद ज्ञावालीले उद्घाटन गरेका हुन् ।

समारोहमा बोल्दै ज्ञवालीले भूमि सम्बन्धि समस्या समाधान नगरेसम्म नेपालको प्रगति सम्भव हुदैन भनि विगत ७० वर्षदेखि सबै राजनैतिक दल र नागरिकहरुले आवाज उठाइरहेको बताए ।

भूमि सम्बन्धि समस्या समाधान आयोग नुवाकोटका अध्यक्ष विन्दा ढुंगानाले जिल्लाका १२ वटै स्थानिय तहमा पालिकास्तरीय समिति गठन गरिएको बताए ।

पहिले सुकुम्बासी आयोगको नाम परिवर्तन भएर हाल भूमि सम्वन्धी समस्या समाधान आयोग राखिएको हो ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतीले संसद विघटन गरे पश्चात् जिल्लाजिल्लामा भूमि सम्वन्धि समस्या समाधान गर्न आयोग स्थापना गरिएको हो ।

स्रोतका अनुसार भूमिहीन सुकुम्बासीलाई खेतीपातीका लागि प्रतिपरिवार तराईमा ६ कट्ठा, पहाडमा पाँच रोपनी र हिमाली क्षेत्रमा सात रोपनीमा नबढ्ने गरी जग्गा दिइनेछ ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले पेश गर्नु पर्ने निवेदन, भर्ने/भराउने तरिका

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19



Top