२०८१, १४ बैशाख शुक्रबार

बसको ठक्करबाट एकको मृत्यु

डबली खबर     माघ २० २०७७ ११:२३

death body
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा बसको ठक्करबाट एक शसस्त्र प्रहरीको मृत्यु भएको छ। विदुर नगरपालिका-१ ढुङ्गेमा आज बिहान सबेरै बसको ठक्करबाट शसस्त्र प्रहरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विदुर नगरपालिका-१० गेर्खुटारका १९ वर्षिय दिनेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

मंगलबार बिहान ६ बजे नुवाकोटको त्रिशुलीबाट काठमाण्डौतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको नमस्ते पासाङल्हामु यातायात समितिको बसले उनलाई ठक्कर दिएको जानकारी दिए ।

बसले ठक्कर दिएर सख्त घाइते भएका तामाङको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले ढुंगेबजार क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गर्दे सदरमुकाम विदुर र ढुङ्गेमा प्रर्दशन गरेका थिए ।

घटनापछि चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top