२०८१, १४ बैशाख शुक्रबार

दोस्रो जलवायु सम्मेलन गुफाडाँडामा सम्पन्न

डबली खबर     पुष १९ २०७७ १४:४०

santaman tamang Second National Climate Day concludes at Gufadanda
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

सिन्धुपाल्चोक – जलवायु परिवर्तन र असरका विषयमा अन्तरक्रिया गर्दै जलवायु दिवस मनाएको छ । विगतका वर्षहरू जस्तै यस बर्ष पनि दोस्रो जलवायु दिवस तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति महासंघका केन्द्रिय उपाध्यक्ष तथा नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तामाङले वातावरण प्रतिकुल हुने खालको काम गरेकै कारणले अहिले प्राकृतिक विपत्ति भोग्नुपरेको बताए । मानवीय क्रियापलापकै कारण प्राकृतिक विपत्ति आएको भन्दै अब सचेत हुनुपर्ने बेला आएको र नेपाली समाज एकढिक्का भएर अन्तराष्ट्रिय समुदायलाइ खबरदारी गर्न सक्नपर्नेमा जोड दिए ।

७८ वटा झण्डात्तोलन गर्दै जलवायु परिवर्तन एवम् कोभिड–१९ सम्बन्धी सन्देशमुलक ब्यानर प्रदर्शन, जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया गर्दै १० बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top