२०७७, १६ फाल्गुन आईतवार
first nuwakot likhu chhahare business Expo

मानव बेचविखन मुद्दामा फरार अभियुक्त १२ वर्षपछि पक्राउ

डबली खबर     पुष ६ २०७७ १०:४२


Trishuli Web Design Services in Nuwakot
sanja bahadur tamang tadi human trafficking nuwakot

नुवाकोट । मानव बेचविखन मुद्धामा फरार एकजनालाई १२ वर्षपछि नुवाकोट प्रहरीको मानव बेचविखन व्यूरोले पक्रेको छ । 

पक्राउ पर्नेमा तादी गाउँपालिकाका-१ का ६४ वर्षीय संजबहादुर तामाङलाई पहिचान लुकाई लुकिछिपी बसेको विशेष सूचनाको आधारमा पक्राउ गरेको नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । 

०६५ साल माघ २० गते जिल्ला अदालत झापाले फैसला गरेअनुसार मानव बेचबिखनको दुई वटा छुट्टाछुट्टै मुद्दामा दोषी ठहरिई कैद तोकिएका फरार उनलाई नुवाकोट प्रहरीले पक्राउ गरेको हो।

एउटा मुद्दामा ३ बर्ष ९ महिना १ दिन र अर्को मुद्दामा ५ बर्षको जेल सजायको फैसलापश्चात फरार रहेका उनलाई पक्राउपछि प्रहरीले आईतबार जिल्ला अदालत नुवाकोटमा पेश गरेको गरेको थियो। अदालतको आदेश अनुसार उनलाई अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori

प्रतिक्रिया




Top