२०७८, ११ कार्तिक बिहीबार

‘स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौं’ अभियान घोषणा गर्दै महानगर दिवस मनाइयो

डबली खबर     मंसिर ३० २०७७ २१:०४

काठमाडौं महानगरपालिकाको २६औँ स्थापना दिवस
saarathi sahakari
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं – काठमाडौं महानगरपालिकाले ‘स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौं’ कार्यक्रम घोषणा गरेको छ । २६ औँ स्थापना दिवसको अवसरमा सोमबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको बिशेष कार्यक्रममा अभियान घोषणा गरिएको हो । कोभिड–१९ संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाएको हो ।

समृद्धिको आधारलाई आत्मसात गर्दै जनस्वास्थ्य सम्वन्धी सेवालाई बढी प्रभावकारी बनाउन स्वीकृति जनस्वास्थ्य नीति कार्यान्वयन गर्ने तथा आधारभूत स्वास्थ्य सेवालाई सुलभ, कम खर्चिलो तथा गुणस्तरीय र भरपरर्दो बनाउने योजनाअन्तर्गत मिर्गौला बचाउ अभियानसँगको सहकार्यमा कार्यक्रम घोषणा गरिएको हो । गएको बर्ष महानगर दिवसका दिन मानवीयताको सहर निर्माण अभियान थालिएको थियो ।

‘‘स्वस्थ्य मिर्गाैला, स्वस्थ्य काठमाडौं’’ कार्यक्रम अन्तर्गत वडा–वडामा पिसाव परीक्षण गर्ने, परीक्षण गर्दा रोगको लक्षण देखिएका व्यक्तिहरुको प्रयोगशालामा परीक्षण गर्ने, मिगौला बचाउन क्षमता विकासका तालिम दिनेलगायत काम गरिनेछन् । कार्यक्रम पुस १ गतेबाट लागु हुनेछ ।

समारोहमा सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले काठमाडौं महानगरपालिकाले कोरोनो रोकथाम र नियन्त्रणका लागि लकडाउनको समयमा उल्लेख्य भूमिका खेलेको स्मरण गर्दै नेपालका स्थानीय तहलाई कानुनले दिएका अधिकार कार्यान्वयन गर्न महानगरले बाटो देखाउनु पर्ने धारणा राखेका थिए । प्रशासनिक नेतृत्वले मात्र पुग्दैन । महानगरले राजनीतिक नेतृत्व पनि गर्नुपर्छ, मन्त्री त्रिपाठीको भनाइ थियो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त छ । यो कसैको निगाह वा चन्दा पुरस्कारमा प्राप्त भएको होइन । उनले भने ‘मुलुकमा प्राप्त व्यवस्थालाई मजवुत बनाउन पनि स्थानीय तहले कानुनबमोजिम आफ्नो हैसियत बनाउन सक्नुपर्छ । यसमा महानगरको अगुवाई चाहिन्छ । महानगरले अहिले आफूलाई बलियो बनाएर व्यवस्था मजवुत बनाउन सहयोग पु¥याएको छ ।’

महानगर दिवसका अवसरमा ज्यापु समुदायका परम्परागत गुठीहरु, खड्गी समुदायका गुठीहरु, गुँला बाजाका समूहहरु, इन्द्राजात्रामा निकालिने पुलुकिसि, दीप्याखं, लाखे प्याखं, हल्चोक आकाश भैरव लगायतका बुजाका गुरुहरुलाई सम्मान गरेको छ ।

महानगर दिवसमा विभिन्न शिर्षकमा १ समिति र ३४ जनालाई पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेहरुको विवरण

मेयर्स अवार्ड
‘ज्यापू महागुथी नेपाः येँ महानगर समिति’

स्थानीय सेवा गौरव, महानगर सेवा पदक (जनप्रतिनिधितर्फ)
१) भरतलाल श्रेष्ठ वडाध्यक्ष वडा नं. १
२) दीपक के. सी. वडाध्यक्ष वडा नं. ३
३) शशिलाल श्रेष्ठ. वडाध्यक्ष वडा नं. १९
४) चिनियाँमान बज्राचार्य वडाध्यक्ष वडा नं. २७
५) दलबहादुर कार्की . वडाध्यक्ष वडा नं. ३०

स्थानीय सेवा गौरव, महानगर सेवा पदक (कर्मचारीतर्फ)
१) रामबहादुर थापा निर्देशक
२) रामहरि भट्टराई नगर प्रहरी सहायक निरीक्षक
३) नारायणी थापा कार्यालय सहयोगी
४) महेश शाक्य सवारी चालक
५) शोभा पोडेनी कुचीकार

जनकमान स्वशासन पुरस्कार (जनप्रतिनिधितर्फ)
१) चन्द्रानन्द नेवा पूर्व जनप्रतिनिधि
२) हीरादेवी पोखरेल कार्यपालिका सदस्य

जनकमान स्वशासन पुरस्कार (कर्मचारीतर्फ)
१) बसन्त आचार्य निर्देशक
२) विमला कोइराला उपनिर्देशक

महानगर कर्मचारी पुरस्कार
१) मोहन पौडेल इञ्जिनियर
२) सुधा शाक्य कम्प्युटर अधिकृत
३) मोक्षप्रसाद दुलाल नायव सुब्बा
४) ऋषिप्रसाद भुषाल हेल्थ असिस्टेन्ट
५) राधिका कुइँकेल ल्याव टेक्निसियन
६) श्रीमाया श्रेष्ठ नगर प्रहरी सहायक निरीक्षक
७) भीमकुमारी परियार कार्यालय सहयोगी
८) शम्भु नेपाल कार्यालय सहयोगी
९) सानुभाइ पोडे सवारी चालक
१०) रामबहादुर वाइवा कुचीकार

सुशासन पत्रकारिता पुरस्कार
१) सिर्जना बास्तोला कान्तिपुर टेलिभिजन
२) सविना कार्की खवर हव
३) अतिन आचार्य थाहा खवर
४) प्रकाश धौलाकोटी नयाँ पत्रिका
५) दिनेश खड्का बिजमाण्डु
६) श्याम स्मृत नामी साप्ताहिक
७) सुरेन्द्रभक्त श्रेष्ठ लहना न्युज डटकम
८) बिजयरत्न असंबरे नेवाः युट्
९) नेपाल भाषा टाइम्स संस्थागत
१०) न्युज एजेन्सी नेपाल संस्थागत



Sani Chitrakar min


Bachchhaladevi Suppliers
Trishuli Web Design Services in Nuwakot
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani

प्रतिक्रिया


Top