२०८१, १३ बैशाख बिहीबार

राष्ट्रिय कविता महोत्सवमा नुवाकोटकी कवि भैरवी भूगोल प्रथम

डबली खबर     मंसिर २९ २०७७ १९:५७

bhairabi bhugol
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोट खानीगाँउकी कवि भैरवी भूगोल प्रथम भएकी छिन् । उनीले ‘नेपालको गीत’ शीर्षकको कविताबाट प्रथम स्थान हासिल गरेकी हुन् । 

प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कविता समारोहमा लमजुङका कवि प्रज्ज्वल अधिकारी द्वितीय भएका छन् । 

त्यसैगरी समारोहमा तीन कविताले तृतीय स्थान पाएका छन् । तृतीय स्थान प्राप्त गर्ने कविहरुमा सोलुखुम्बुका गणेशप्रसाद खतिवडा, दोलखाकी देवकी अभिलाषी र रेजिना आपगाईं छन् । 

उनीहरुले क्रमशः आमाको आदेश, आमाः एक विश्वविद्यालय र समृद्ध नेपालको सपना शीर्षकका कविता प्रस्तुत गरेका थिए । 

यसअघि प्रज्ञाले ३० जना कविहरुको नाम ‘सर्ट लिस्ट’मा प्रकाशित गरेको थियो । उनीहरुमध्ये पाँजनालाई पुरस्कृत गरिएको प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top