२०७८, ३ असार बिहीबार

रसुवामा चिज उत्पादन घट्यो

डबली खबर     कार्तिक १७ २०७७ १२:२७


rasuwa cheese dabalikhabar tws

रसुवा – दुग्ध विकास संस्थान अन्तर्गत जिल्लामा सञ्चालनमा रहेका उत्पादन केन्द्रहरूमा चिज उत्पादन घटेको छ।

जिल्लामा सञ्चालनमा रहेका चिज उत्पादन केन्द्रहरूले भण्डारण गर्ने ठाउँको अभाव र उत्पादित चिज बिक्री नहुँदा गएको भदौ १६ गतेदेखि उत्पादन बन्द गरेका थिए । यसअघि वैशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन हुने गरेको थियो ।

लकडाउनका कारण जेठको तेस्रो हप्ताबाट केन्द्रहरूले उत्पादन सुरु गरेका थिए । उत्पादन बढ्दै जाँदा राख्ने ठाउँको अभाव भएको र दूग्ध विकास संस्थानले पनि चिज नलगेपछि उत्पादन बन्द भएको थियो ।

यसअघि क्यान्जिनमा उत्पादन भएको चिज बाहेक अन्य चारवटा केन्द्रले उत्पादन गरेका चिज संस्थानले नै लैजाने गरेको थियो । यसअघि दैनिक ४० किलोसम्म चिज बिक्री हुने गरेकोमा अहिले बिक्री नभएर थन्किएर बसेको लाङटाङ चीज उत्पादन केन्द्रका प्रमुख ग्याल्बु लामाले बताए।

स्थानीय बजारमा चिज खपत नहुने र भण्डारण क्षमता पनि कम भएका कारण उत्पादन गर्न नसकिएको केन्द्रहरूले बताएका छन् ।

जिल्लामा अहिले दुग्ध विकास संस्थान अन्तर्गत गत्लाङ, लाङटाङ, पाङ्लेखर्क, चन्दनबारी, थुमन र तातोपानी गरि ६ वटा केन्द्र सञ्चालनमा रहेका छन् ।

चिसो समयमा दूध कम उत्पादन हुने र नजम्ने समस्या कारण वैशाखदेखि असोज मसान्तसम्म चिज उत्पादन हुने गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19

प्रतिक्रिया



Top