२०८१, १२ बैशाख बुधबार

रिभा स्टोर सञ्चालनमा

डबली खबर     कार्तिक १ २०७७ १९:१७

reeva store cg lg electronics dealer in nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

कोलेनी, नुवाकोट – आधुनिक जीवनशैलीको पर्याय बन्दै गएको छ इलेक्ट्रोनिक उपकरणहरु। अत्यधिक जाडो र गर्मीको समयमा दैनिक जीवन सहज बनाउन निर्माण गरिएका पछिल्ला प्रविधिको बजार नेपालमा पनि कम छैन । बजारमा अत्याधुनिक प्रविधि प्रयोगमा अभ्यस्त बन्दै गएको मात्र छैन, विश्वमा नाम चलेका र लोकप्रिय उपकरणको राम्रो व्यापार हुने ‘हब’का रूपमा विकास भएको छ ।

शनिबारबाट नुवाकोटमा पनि अन्तर्राष्ट्रिय ब्राण्ड एलजी र नेपालकै सबैभन्दा ठुलो इलेक्ट्रोनिक ब्राण्डका रहेको सिजीका उपकरणहरु बिक्रि वितरण गर्ने गरि कोलेनीको नयाँवस्तीमा सञ्चालनमा आएको ‘रिभा स्टोर’को विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले उद्घाटन गरेका हुन् ।

रिभा स्टोरका सञ्चालक रमेशकुमार श्रेष्ठका अनुसार एल. जी. र सि.जी.का अन्तर्राष्ट्रिय ब्राण्डका इलेक्ट्रोनिक उपकरणहरु टिभी, फ्रीज, माइक्रोओभम, वासिंग मेसिन, गिजर, पंखा लगायतका सामग्री पाईने छ । स्टोरबाट विदुर नगरपालिकाका लगायत म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिकाका क्षेत्रका नागरिकहरु लाभान्वित हुने श्रेष्ठले जानकारी दिए।

“नुवाकोट, रसुवा र धादिङका उपभोक्ताहरुले कम्पनीकै मूल्यमा सहज रुपमा जिल्लामै उपलब्ध हुने भएपछि लाभान्वित हुने छ”, उनले बताए “स्टोरमा सिजी इलेक्ट्रोनिक्सका अडियो भिजुअल, होम एप्लाएन्सेज, स्मल होम एप्लाएन्सेज उपलब्ध रहेको छ ।”

बडा दशैं र तिहारको अवसरमा सिजी कम्पनिले ल्याएको बिशेष अफर तथा आकर्षक छुटका साथै होम डेलिभरीको समेत रिभा स्टोरबाट सुविधा लिन सकिने छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top