२०८१, १३ बैशाख बिहीबार

रेडक्रसद्वारा किस्पाङमा स्वास्थ्य सामग्री प्रदान

डबली खबर     कार्तिक १ २०७७ १५:०४

nuwakot redcross distribute health materials in kispang rural municipality
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

किस्पाङ, नुवाकोट – नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखामार्फत सञ्चालनमा रहेको ‘प्रिपियर’ कार्यक्रम अन्तरगत किस्पाङ गाउँपालिकामा कोरोना रोगबाट बच्न सरसफाईको सामग्री प्रदान गरिएको छ । किस्पाङको कार्यालय, वडा नं. १ र ३ को वडा कार्यालयहरु, प्रहरी चौकी फिकुरी, स्थानीय स्वास्थ्य चौकी र रेडक्रस काहुले उपशाखाको लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा अमेरिकन रेडक्रसको सहयोगमा किस्पाङमा ‘प्रिपियर’ कार्यक्रम सञ्चालन भएको हो।

पछिल्लो समयमा बढिरहेको कोरोनाको सङ्क्रमण नियन्त्रणको लागि रेडक्रस नुवाकोट शाखाले उपलब्ध गराएको व्यक्तिगत सुरक्षाका सामग्रीहरु मास्क, स्यानिटाइजर, पञ्जा, साबुन लगायतका सामग्री गाउँपालिकाकोे अध्यक्ष छत्रबहादुर लामासहित सम्बन्धित वडाको वडाध्यक्षहरुको रोहवरमा ‘प्रिपियर’ कार्यक्रमका फिल्ड संयोजक मधुसुदन थापाले प्रदान गरेका हुन्।

किस्पाङ गाउँपालिकाको वडा नं. १ को भाल्चे अन्तर्गत रहेको भाल्चेबेसी सामुदायिक विपद ब्यवस्थापन समितिमा आवद्ध रहेका ६ परिवारको लागि २० लिटरको बाल्टिन र आधा दर्जन हात धुने साबुन समेत विरण गरिएको रेडक्रस नुवाकोट शाखाका उपकोषाध्यक्ष उद्धवशर्मा रिजालले जानकारी दिए ।

पारिवारिक सरसफाइ तथा स्वच्छता प्रबर्दन र हात धुने बानीको विकासको लागी कोरोनाबाट बच्न स्वास्थ्य सहायता सामाग्रि र सरसफाईका सामाग्रि उपलब्ध गराइएको रेडक्रस नुवाकोट शाखाका सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top