२०८१, १३ बैशाख बिहीबार

विपी जयन्तीमा रक्तदान

डबली खबर     भाद्र २४ २०७७ १५:२२

blood donate bp koirala janma jayanti nuwakot trishuli
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

त्रिशुली, नुवाकोट – नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विपी कोइरालाको १०७ औं जन्म जयन्ती नुवाकोटमा रक्तदान कार्यक्रम गरी मनाईएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति नुवाकोट र विपी युवा नेतृत्व विकास मञ्चको आयोजनामा बुधबार त्रिशुली अस्पताल (जिल्ला)को प्राङ्गणमा आयोजना गरिएको रक्तदानमा १० युनिट रगत सङ्कलन भएको विपी युवा नेतृत्व विकास मञ्चका अध्यक्ष पूर्ण तामाङले जानकारी दिए ।

कोरोना (कोभिड-१९) रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञाको कारण रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै विपीको जन्म जयन्तिको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाली काँग्रेस नुवाकोटले जनाएको छ । रगतको अभावमा मृत्युसँग लडिरहेका विरामीको लागि रक्तदानले जीवनदान दिने पनि जनाएको छ ।

यस्तै, विपी जन्मजयन्तिको अवसरमा त्रिशुली अस्पताल (जिल्ला)मा उपचारत ५० जना बिरामीहरुलाई फलफुल वितरण गरिएको नेपाली काँग्रेस नुवाकोटले जनाएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top