२०८१, १३ बैशाख बिहीबार

नुवाकोटमा बुधबारदेखि जोर-बिजोर प्रणाली लागू : राति ९ बजेदेखि ५ बजेसम्म हिँडडुल बन्द

डबली खबर     भाद्र १६ २०७७ १७:५१

nuwakot traffic police checkpoint
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – नुवाकोटको सडकमा चल्ने सवारी साधनमा आज भाद्र १६ गते रातको १२ बजेदेखि जोर बिजोर प्रणाली लागू हुने भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणाका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि नुवाकोटमा जोर-बिजोर प्रणाली लागू गर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार जिल्लाका ८९ जनामा कोरोना सङ्क्रमण भएको र स्वाब लिईएका पाँचसय ८० जनाको नतिजा आउन बाँकी रहेका हुनाले जोखिम कम गर्नको लागि जिल्लामा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो ।

यात्रुबाहक सार्वजनिक सवारी साधनहरु (बस, माइक्रो बस, जीप, ट्याक्सी) सञ्चालन गर्न रोक लगाएको छ भने निजी सवारीका साधनहरु जोर बिजोर प्रणाली अनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधनहरु बिहान ६ बजेदेखि साँझ ८ बजे सम्म सञ्चालन हुने छ।

जोर बिजोर प्रणाली निषेधाज्ञा जारी भएको क्षेत्र बाहेक स्थानीय तहहरुमा लागु हुनेछ।

निषेधाज्ञा लम्बियो

पछिल्लो समयमा कोभिड-१९ को संक्रमण पुष्टी भएको शिवपुरी गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा ७ दिनसम्मका लागि समय थप गर्दै भाद्र २३ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थपिएको छ।

पासाङल्हामु राजमार्ग हुँदै जिल्ला प्रवेश गर्ने नाकाको ककनी गाउँपालिकाको वडा नं १ र २, बेलकोटगढी नगरपालिकाको वडा नं २ अन्तर्गत धादिङ आचार्य पोखरी हुँदै कुमरी प्रवेश हुने क्षेत्रमा निषेधाज्ञा लागु गरेको छ ।

यस्तै, ककनी गापाको वडा नं ५ अन्तर्गत गल्छी-त्रिशुली-मैलुङ- स्याफ्रुबेशी-रसुवागढीमार्ग हुँदै नुवाकोट प्रवेश गर्ने क्षेत्रमा पनि भाद्र २३ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थपिएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top