२०८०, १६ चैत्र शुक्रबार

६६ जनाले जिते कोरोना

डबली खबर     भाद्र १० २०७७ ०९:४२

nuwakot coronavirus covid19 update nepal world
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – नुवाकोटमा अहिलेसम्म कूल ६६ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । त्रिशुली, खरानीटार र काठमाडौंका विभिन्न अस्पतालको ‘आइसोलेशन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य कार्यालयले जनाएको छ । डिस्चार्ज हुनेमा पत्रकार, स्वास्थ्यकर्मी, बालबालिका र वृद्धा समेत रहेका छन्।

कार्यालयका अनुसार हालसम्म ५२ पुरुष र १२ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै थप २ जना डिस्चार्ज भएको कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए ।

जिल्लामा बाहिरी जिल्ला, अर्को मुलकबाट आएका र सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसीङ मार्फत पिसिआर परीक्षण गरिएकोमा हालसम्म देशभरका विभिन्न प्रयोगशालामा पिसिआर विधिमार्फत दुई हजार ६०५ नमूना परीक्षण गरिएको छ । त्यस्तै २४ घन्टामै थप ८३ जनाको नमूना परीक्षण गरिएको र १८७ जनाको नतिजा प्राप्त भएको कार्यालयले जनाएको छ । परीक्षणको लागि नमुना स्वाब सङ्कलन गरिएकोमा २९५ जनाको नतिजा आउन बाँकी रहेको छ।

जिल्लामा हालसम्म आरडिटी विधिद्वारा तीन हजार २९२ जनाको परीक्षण गरेको छ । जिल्लाभर स्थानीय तहले बनाइएको क्वारेन्टिनमा हालसम्म १ हजार ५७५ जना रहेका छन् ।

यस्तै सङ्क्रमित तथा शंकास्पद रहेका बिरामीहरु जिल्लाका दुई अस्पताल र काठमाडौंका विभिन्न अस्पतालको आइसोलेनसमा १२ जनाको उपचार भइरहेको छ । नुवाकोटको त्रिशुली अस्पतालमा ३ जना, तादी गाउँपालिको खरानीटार अस्पतालमा १ जना र काठमाडौंका विभिन्न अस्पतालमा ८ जना उपचारत रहेका छन्।

सङ्क्रमित दुई जना होम आईसोलेशनमा उपचारत रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top