२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

नुवाकोटका ६ स्थानीय तहमा टाईमकार्ड जारी

डबली खबर     भाद्र ९ २०७७ २१:१८

daonuwakot timecard rules nuwakot
pratik book and stationery center in nuwakot

विदुर, नुवाकोट – जिल्ला संकट व्यवस्थापन केन्द्र (सिएमसी)को मंगलबार बसेको बैठकले नुवाकोटका ६ स्थानीय तहमा टाईमकार्ड लागू गरी गरेको छ।

निषेधाज्ञा जारी गरिएको क्षेत्र बाहेक जिल्लाका विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, म्यागङ, सुर्यगढ़ी, पन्चकन्या र दुप्चेश्वर गाउँपालिकामा भाद्र ९ गते राति १२ बजेदेखि ७ दिन सम्मका लागि टाईमकार्ड जारी गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

बैठकले जिल्लामा संक्रमित सङ्ख्या बढेको कारण बेलकोटगढी, लिखु गाउँपालिका, तादी गाउँपालिका, शिवपुरी गाउँपालिका, ककनी र तारकेश्वर गाउँपालिकाका केहि वडाहरुका सम्पूर्ण क्षेत्रमा आज मध्यराति १२ बजेदेखि थप सात दिन निषेधाज्ञा लगाइएको छ ।

सिएमसीको बैठकले औषधी पसल, स्वास्थ्य संस्था तथा एम्बुलेन्स सेवाहरु २४ सै घण्टा सञ्चालन हुनेछ । खाद्यान्न, तरकारी, फलफूल, डेरी तथा माछा मासुका पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाउने भएको छ । पसलबाट वस्तुहरु विक्रिवितरण गर्दा पर्याप्त दुरी कायम गरी चिन्हान्कन गरी सोही स्थानमा मात्र ग्राहक वस्ने व्यवस्था मिलाउनु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरु र सहकारीहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र सीमित संख्यामा कर्मचारी परिचालन गरी सञ्चालन गर्ने/गराउने र ती संस्थाहरुमा काम गर्ने कर्मचारीहरुलाई बिहान ९ बजेदेखि १० बजेसम्म र दिउँसो २:३० बजेदेखि ३:३० बजेसम्म आवतजावत गर्न समय तोकेको छ ।

कपडा तथा फेन्सी पसलहरु बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्नुपर्ने छ ।

जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण यात्रु बाहक सार्वजनिक यातायात र निजी सवारी साधनहरु सञ्चालनमा पूर्ण रुपमा रोक लगाएको छ भने राति ८:०० बजेदेखि बिहान ६:०० बजेसम्म एम्बुलेन्स र शव बाहन सञ्चालन हुनेछ ।

निर्माण सामग्रीका पसलहरु तथा थोक बिक्रेताहरुले सम्बन्धित आयोजना/निर्माण व्यवसायी तथा खुद्रा पसल व्यवसायीहरुको सम्पर्कमा मात्रै पसल खुला गरी सामग्री लोड/अनलोड पश्चात बन्द गर्नुपर्ने छ ।

क्वारेन्टीन तोकिएका होटल तथा लज बाहेक सबै प्रकारका चिया पसल, होटल, लज तथा रेष्टुरेन्टहरु सञ्चालनमा रोक लगाएको छ ।

जिल्लाभित्र रहेका मन्दिर, गुम्बा, चैत्य, बिहार, मस्जिद, चर्च आदिमा सामुहिक भेला हुन नदिने, सामूहिक रुपमा आश्रय लिइ बस्न नदिने तथा सामूहिक भेला हुने खालका कुनै किसिमका मेला, जात्रा, पर्व, समारोह गर्न रोक लगाएको छ । कुनै प्रकारका भेला, सम्मेलन तथा जमघटका कार्यक्रममा रोक लगाएको छ ।

रङ्गशाला, खेलकुदस्थल, फुटसल, शारीरिक सुगठन गर्ने स्थल तथा जिमखाना, फिटनेस सेन्टर, सैलुन तथा ब्युटिपार्लरहरु सञ्चालनमा रोक लगाएको छ ।

विद्यालयमा उपस्थित भई गरिने पठनपाठन, कोचिङ तथा ट्युसन सेन्टरहरु सञ्चालन नगर्न र विद्यार्थीहरुलाई वैकल्पिक सिकाई विधिको अवलम्बन गर्न अनुरोध गरेको छ ।

अत्यावश्यक कार्य वाहेक घर बाहिर ननिस्कने तथा अनावश्यक हिँडडुल नगर्ने र घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, न्यूनतम भौतिक दूरी कायम गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top