sujim bazar advert

दुप्चेश्वरको घ्याङफेदीका २८ घर उच्च जोखिममा

डबली खबर     भदौ ९, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

दुप्चेश्वर, नुवाकोट – बर्षेनी पहिरोको जोखिम झेल्दै आएका नुवाकोटको दुर्गम गाउँ घ्याङफेदीका नागरिकहरु यसवर्ष पनि भयावह जोखिम मोल्न बाध्य बनिरहेका छन् ।

दुप्चेश्वर गाउँपालिका वडा नम्वर १ घ्याङ्फेदी स्थित नेगीको सिरानमा रहेको  पल्सुङ ओढारको बिशाल चट्टानले क्रमशः आफ्नो स्थान छोड्दै गएसँगै स्थानीयहरु त्रासको बिच दिनरात कटाउने बिवशता झेल्दै आईरहेका छन् । दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तमाङका अनुसार २०७२ सालको भूकम्पका कारण डगमगिएको उक्त चट्टानले यस बर्षको भारी बर्षाको कारण बिस्तारै आफ्नो स्थान छाड्दै गईरहेको छ ।

अध्यक्ष तामाङका अनुसार चट्टान माथिबाट खस्दा ठूलो पहिरो खस्ने र चट्टान तल नेगी गाउँमा रहेका रहेका २८ घरधुरीका एकसय ५० जना भन्दा बढी स्थानीय कुनैपनि बेला समस्यामा पर्न सक्ने देखिएको छ । बिगतमा पनि बिपद जोखिमका दृष्टिले समस्याग्रस्त क्षेत्र मानिने उक्त स्थानमा रहेको चट्टान डगमगाउँदै त्यसबाट पहिरो आउने अवस्था सिर्जना भए त्यसका कारण तादी खोला समेत थुनिन गई नदी तटीय क्षेत्रका बस्तीहरुमा  ठूलो जोखिम आउन सक्ने वडाध्यक्ष सुनबहादुर तमाङको भनाइ छ ।

यसैबिच जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख एवं खतरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला सहजीकरण समितिका संयोजक सन्तमान तमाङ, दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिंह तमाङ, जिल्ला बिपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल र नुवाकोेटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अबिनारायण काफ्लेसहित जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुको टोलीले आईतबार जोखिम क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।

स्थलगत अवलोकनका क्रममा तत्काल त्यस बस्तिलाई अन्यत्र स्थानान्तरण गर्नु पर्ने देखिएको र यसका लागि सरोकारवाला निकायहरुसंग समन्वयात्मक पहल सुरु गरिसकिएको जिल्ला समन्वय प्रमुख तमाङले जानकारी दिनु भयो । प्रमुख तमाङका अनुसार बस्ती स्थानान्तरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला सहजीकरण  समितिको बैठकबाट निर्णय गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाईने र जिल्ला बिपद ब्यवस्थापन समितिको तर्फबाट जोखिम न्यूनिकरण र बिपद पूर्ब तयारीका कामहरुलाई तदारुकताका साथ अघि बढाउने निष्कर्ष समेत स्थलगत अध्ययनका क्रममा निकालिएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top