२०८१, ७ बैशाख शुक्रबार

गाई चोरेर काट्ने पक्राउ

डबली खबर     भाद्र ५ २०७७ २१:४२

tarakeshwor-gai-marneharu-copy-scaled
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

तारकेश्वर, नुवाकोट – गाई काटेर खाएको अभियोगमा नुवाकोटका चार जना पक्राउ परेका छन् ।

तारकेश्वर गाउँपालिका-५ काभ्रेभञ्याङ्गका पाँच जना युवाहरुलाई आज जिल्ला प्रहरी कार्यालय नुवाकोटकाट खटिगएको टोली पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय चन्द्रबहादुर तामाङ र सुन्जितबहादुर तामाङ, ३४ वर्षीय जयबहादुर तामाङ र २८ वर्षीय दलबहादुर तामाङ रहेका छन् ।

उनीहरुले तारकेश्वर वडा नं. ५ शिरानटोलका सन्तबहादुर तामाङको गोठमा बाधेको गाई हिजो चोरी गरेर काटेर खाएको प्रहरीले जनाएको छ । नुवाकोट प्रहरीका अनुसार उनीहरु चारै जनाले गोठबाट २० मिटर पर लगेर गाई मारेका हुन् ।

उनीहरुलाई आजै नुवाकोट अदालतमा पेश गरेकोमा अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको म्याद पाएको छ । सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top