२०८०, १० आश्विन बुधबार
social securities awareness bidur municipality

नुवाकोटमा निषेधाज्ञा लम्बियो

डबली खबर     भाद्र ३ २०७७ ०६:२०

DAO Nuwakot Office Building
pratik book and stationery center in nuwakot

विदुर, नुवाकोट – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका संक्रमितहरु दिनहुँ बढिरहेका कारण नुवाकोटमा थप सात दिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लाभर भदौ २ गतेदेखि नै लागु हुने गरी भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि गत साउन २४ गतेदेखि जारी निषेधाज्ञाको अवधि सोमवारबाट रातीबाट सकिएको थियो ।

जिल्ला संकट व्यवस्थापन केन्द्र (सिएमसी)को विदुरमा मंगलबार सम्पन्न बैठकले नुवाकोटसँगै जोडिएको राजधानीमा कोरोना संक्रमितहरु वढिरहेको कारण प्रभावकारी रुपमा नियन्त्रणका लागि नुवाकोटमा थप सात दिन निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । उनका अनुसार निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक सवै कामकारवाहीमा राेक लगाइएकाे छ । स्वास्थ्य उपचार बाहेक अन्य कार्यमा सर्वसाधारणलाई हिँडडुलमासमेत राेक लगाइएको छ ।

उनले निषेधाज्ञा अवधिमा जिल्लाभर अत्यावश्यकवाहेक सबै सेवा बन्द हुने र आदेश उल्लंघन गरेमा कारवाही गरिने बताए । कोरोनाभाइरसको संक्रमण समुदायमा फैलिएको भन्दै स्थानीय प्रशासनले नुवाकोटमा लगाएको निषेधाज्ञा थप लम्ब्याएको हो ।

समुदाय तथा सर्वसाधारणमा कोरोना संक्रमणको जोखिम कम गर्न नुवाकोटका स्थानीय तहहरुको सिफारिसमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले साउन २४ गतेदेखि भदौ २ गतेसम्म १० दिनका लागी निषेधाज्ञा जारी गरेको थियो । यस अवधिमा कोरोना संक्रमित बढेको, कन्ट्राक्ट ट्रेसिङको नतिजा नआईसकेको र संक्रमण फैलनसक्ने भन्दै प्रशासनले निषेधाज्ञालाई थप ७ दिन (भदौ ९) गतेसम्म लम्ब्याएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार थपिएको अवधिमा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरिएको छ । स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपानी, दुध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सवै निकाय र सेवालाई निषेध गरिएको छ ।

निषेधाज्ञामा एम्बुलेन्स, शववाहन, दमकल पत्रकारलगायत अनुमतिप्राप्त सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालयले प्रत्येक दिन बिहान ६ बजे देखि १० बजे सम्म स्वास्थ्य सुरक्षा सर्तकता अपनाउदै अत्यावश्यक खाद्यान्न सामग्रीका पसल सञ्चालनको अनुमति दिएको छ ।

प्रशासनले थपिएको अवधिमा पनि वित्तीय संस्था, सबै सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयबाट प्रदान हुने नियमित सेवा संचालनमा रोक लगाएको छ । यसअवधिमा सरकारी कार्यालय र बैंकहरुले सम्पर्क ब्यक्ति तोकी अत्यावश्यक सेवामात्र प्रवाह गर्नसक्ने निर्देशन दिइएको छ ।

नुवाकोटमा मंगलबारसम्म ७० जना कोरोनाभाइरसका संक्रमित फेला परेका छन् । संक्रमितमध्ये ५४ जना उपचारपछि निको भई घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तम खनालले जानकारी दिए ।

उनका अनुसार नुवाकोटमा हालसम्म दुईहजार दुईसय ६४ जनाको परिक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ । एकसय ५६ जनाको नतिजा प्राप्त हुन बाँकी रहेको र संक्रमितमध्ये मंगलवारसम्म १६ जना आईसोलेशनमा उपचारत रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top