२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

विदुर नगरपालिकाले बिपदमा परेकालाई एक लाख दिने

डबली खबर     श्रावण २७ २०७७ २२:१८

bidur natural disasters compensation dabali khabar tws
pratik book and stationery center in nuwakot

विदुर, नुवाकोट – विदुर नगरपालिकाले बिपदमा परी पूर्णरुपमा घर क्षति भएको खण्डमा राहत स्वरूप एक लाख दिने भएको छ।

नगरपालिकाको मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकबाट नगर क्षेत्रभित्र प्राकृतिक बिपद् बाढी, पहिरो, आगजनी, चट्याङ, हुरीबतास एवं जङ्गली जनावरको कारणले क्षति भएमा नगर बिपद् व्यवस्थापन समितिको सिफारिसमा राहत स्वरूप क्षतिपूर्ति उपलब्ध गराईने निर्णय भएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिए।

बैठकले विपदबाट पूर्ण रुपमा घर क्षति हुनेलाई एक लाख रुपैयाँ, मानवीय क्षति (मृत्यु) भएमा ५० हजार प्रति व्यक्ति, मानवीय क्षति (घाईते) भएमा सरकारी अस्पतालको बिलको भरपाई अनुसार बढीमा प्रति व्यक्ति २५ हजार दिने निर्णय गरको छ।

बिपदबाट नगर क्षेत्रभित्रका नगरबासीको गाई/भैसींको गोठ वा दुईसय कुखुरा भन्दा बढी भएका खोर पूर्णरुपमा क्षति भएमा बढीमा १५ हजार दिने भएको छ। यस्तै, दुहुने भैँसी क्षति भएमा २५ हजार, अन्य भैँसीको हकमा १५ हजार, बाख्रा, खसी, बोकाको लागि ५ हजार र दुईसय भन्दा बढी कुखुरा भएमा प्रति गोटा ५० रुपैंयाँ बिमित नभएकाको मात्रलाई क्षति बापत् नगरपालिकाले क्षतिपूर्ति रकम दिने निर्णय भएको छ।

बिपदबाट गहुँ, कोदो, मकै, धान लगायतका अन्नबाली नस्ट भएमा कृषि प्राविधिकको मूल्यांकनको आधारमा ५० प्रतिशत क्षतिपूर्ति रकम दिने भएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top