२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा सङ्क्रमित पाँच दर्जन नाघ्यो, दुप्चेश्वरका ३ लिखुका १ थपियो

डबली खबर     श्रावण २६ २०७७ १८:४६

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – नुवाकोट जिल्लामा कोरोनाभाईरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६१ पुगेको छ । आज मात्र दुप्चेश्वर गाउँपालिकाका ३ जना र लिखु गाउँपालिकाका १ जना थपिएको हो ।

स्वास्थ्य कार्यालय नुवाकोटका स्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरेका अनुसार दुप्चेश्वर गाउँपालिकामा समुदायस्तरमा दुई जना र क्वारिन्टिनमा एक जना संक्रमित भेटिएका हुन् । त्यस्तै लिखु गाउँपालिकाको क्वारिन्टिनमा एक जना संक्रमित भेटिएको हो ।

दुप्चेश्वरका सङ्क्रमित ३ जना बिरामीलाई तादी गाउँपालिकाको खरानीटार अस्पतालको आइसोलेशनमा राखिएको छ । त्यस्तै, लिखुका सङ्क्रमित बिरामी एक जनालाई जिल्ला अस्पताल त्रिशुलीमा राखि उपचार भइरहेको छ । अहिले थप नयाँ सङ्क्रमित बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेको स्वास्थ्य प्रमुख घिमिरेले जानकारी दिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणको क्रममा दुप्चेश्वर गाउँपालिकाका २२, २३ र २८ वर्षिय पुरुषहरुमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए। यस्तै, लिखु गाउँपालिकाका ४२ वर्षीय एक पुरुषमा पनि संक्रमण देखिएको छ संक्रमित बिरामी गाउँपालिकाको क्वारिन्टिनमा रहेका खनालले जानकारी दिए।

हालसम्म नुवाकोटमा कोरोनालाई परास्त गर्दै ४० जना निको भइ घर फर्केका छन् । यस्तै, जिल्ला (त्रिशुली) अस्पतालमा १३ जना, खरानीटारमा ४ जना र काठमाडौंस्थित अस्पतालमा ४ जना आइसोलेशन वार्डमा उपचारत छन्।

आज सोमबार मात्र त्रिशुली अस्पतालमा १५ र विदुर नगरपालिका-५ तथा अन्य क्षेत्रमा २३ जनाको नमुना स्वाब सङ्कलन गरिएको छ।

हालसम्म १ हजार ३ सय ३८ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ८३ जनाको निगेटिभ आएको छ भने १ सय ९४ जनाको नतिजा आउन बाँकी रहेको छ।

यस्तै, स्थानीय तहहरुले बनाएको क्वारिन्टिनमा महिला १४ र पुरुष ७१ जना रहेका छन्। जिल्लाभरमा ३८ वटा आइसोलेशन बेड तयार भएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top