विदुर, नुवाकोट – विभिन्न प्राकृतीक बिपत्ती भोगेका बागमती प्रदेशका विभिन्न स्थानीय तहलाई बागमती प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । प्रदेश बिपद् व्यवस्थापन निर्देशक समिति बागमतीले नुवाकोट, धादिङ, दोलखा र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानीय तहलाई आर्थिक सहायता दिने भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बागमती प्रदेश बिपद् व्यवस्थापन निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले बिपद्को व्यवस्थापनको लागि नुवाकोटको बेलकोटगढी नगरपालिकालाई २० लाख रुपैंया सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
स्थानीय विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने गरि सो रकम दिने निर्णय भएको बागमती प्रदेशका प्रेस रजिस्टार रेवती सापकोटाले बताए । बैठकले धादिङ जिल्लाको बेनीघाट रोराङ गाँउपालिकालाई ३० लाख, सिद्दलेक गाँउपालिका गजुरी गाँउपालिकालाई २०\२० लाख रुपैंया सहयोग गर्ने निर्णय गरेको छ ।
यस्तै, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिका र बाह्रविसे नगरपालिकालाई १५\१५ लाख, दोलखाको गौरीशंकर गाँउपालिकालाई ३० लाख, कालिञ्चोक गाँउपालिकालाई १५ लाख र बिगु गाँउपालिकालाई पनि १५ लाख रुपैंया सहायता दिने भएको छ ।
विभिन्न समयमा आएको बाढी तथा पहिरोमा परि ती स्थानीय तहहरुमा ठुलो मात्रामा भौतिक तथा मानविय क्षती भएकोले त्यसको तत्काल व्यवस्थापनको लागि सो सहायता प्रदान गर्ने निर्णय भएको हो ।
प्रतिक्रिया