sujim advert

प्रशासनको सेवामा बार तोकियो

डबली खबर     साउन २२, २०७७

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

DAO Nuwakot Office Building
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

विदुर, नुवाकोट – कोरोनाभाइरसको संक्रमण जिल्लामा दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय नुवाकोटले दैनिक सेवा प्रवाह गर्नको लागि बार तोकेको छ।

दैनिक सेवा प्रवाह सम्बन्धी जिल्ला प्रशासन कार्यालय नुवाकोटले कोरोना भाइरस जोखिम दिन प्रति दिन वृद्धि हुँदै गइरहेको सन्दर्भमा सेवाग्राही तथा कर्मचारी बीच न्यूनतम भौतिक दूरी कायम गरि सङ्क्रमणको जोखिम कम गर्ने उद्देश्यले जिल्लास्थित १२ वटै स्थानीय तहका नागरिकलाई सेवा संचालनमा दिन तोकिएको हो । जसबाट एक स्थानीय तहका नागरिकलाई हप्तामा दुई दिनमात्र सेवा दिने भएको छ

जिल्ला प्रशासन कार्यालय नुवाकोटकाअनुसार आईतबार र बुधबार विदुर नगरपालिका, सुर्यगढी गाउँपालिका, तादी गापा र दुप्चेश्वर गापाका कार्यपालिकका नागरिकलाई सेवा प्रवाह गरिने भएको छ । यस्तै, सोमबार र बिहिबार बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गापा र किस्पाङ गापाका नागरिकलाई सेवा दिने छ भने मङ्गलबार र शुक्रबार पञ्चकन्या, शिवपुरी, लिखु र ककनी गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गरिने भएको छ ।

तोकिएको बारमा सेवा लिनको लागि टेलिफोनमा सम्पर्क गरी टोकन लिएरमात्र तोकिएको समयमा आउनु पर्ने प्रशासनले जनाएको छ । बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म ९८४९३७४१७७ नम्बरमा फोन गरेर समय लिनु पर्ने र सार्वजानिक स्थानमा हिँडडुल गर्दा स्वास्थ्यसुरक्षाको विधि अपनाएर आउनुपर्ने प्रशासनले जनाएको छ।

आइतबार देखि बिहिबारसम्म संचालन हुने कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म तोकिएको छ भने शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म तोकेको छ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top