२०८१, १३ बैशाख बिहीबार

नुवाकोटमा संक्रमति सङ्ख्या ४६ पुग्यो

डबली खबर     श्रावण २२ २०७७ १८:४८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।

वीर अस्पताल काठमाडौंमा पिसिआर परीक्षणको क्रममा लिखु गाउँपालिकाका ३० वर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर प्रसाद घिमिरेले जानकारी दिए। संक्रमित बिरामीलाई जिल्ला अस्पताल त्रिशुलीमा राखिएको छ भने अन्य आइसोलेशनमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

हालसम्म नुवाकोटमा ३६ जनाले कोरोनालाई जितेर निको भइ घर फर्केका छन् ।

अहिले जिल्ला अस्पताल त्रिशुलीमा ५ जना र काठमाडौंस्थित अस्पतालहरुमा ५ जना आइसोलेशन वार्डमा उपचारत रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top