+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नगरपालिकामा पुन:सिल, नगरका सबै सेवा स्थगित

Building of Bidur Municipality Office
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – विदुर नगरपालिकामा कोभिड-१९ सङ्क्रमण समुदायमा फैलनबाट रोक्न विदुर नगरपालिकाका केहि क्षेत्रहरु सिल गर्ने निर्णय भएको छ ।

विदुर नगरपालिकाको ४३ औं बैठकले कोभिड-१९ सङ्क्रमण समुदायमा फैलनबाट रोक्न जिल्ला अस्पतालको सेवा बाहेक इन्टेक डिल, हातिगौंडा चोक, सामरी दोभान, सुनचापाको चौतारादेखि १२ नं. खोला चौतारो किम्ताङ र हेभी गाडी चल्ने बाहेकका सडकहरु पूर्ण रुपमा निषेध गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत सुदेवकुमार पोख्रेलले बताए । सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्नको लागि नगरका वडा नम्बर ८ र ९ का क्षेत्रहरूमा सिल गरेकाे छ ।

नगरपालिका र नगरका सबै वडा कार्यालयका सेवा प्रवाह कम्तिमा दुई हप्ताको लागि स्थगित गर्ने, नगरभित्र अन्य सरकारी कार्यालयका सेवा प्रवाहलाई समेत केहि दिन स्थगित गर्न सिफारीस गर्ने निर्णय भएको उनले बताए।

विदुर नगरपालिकामा सञ्चालित सार्वजनिक यातायात पूर्ण रुपमा बन्द गरेको छ। काठमाडौंको होल्डिंङ सेन्टरबाट आउने व्यक्ति बाहेक ट्याक्सी लगायत पास नभएका सम्पूर्ण यातायात साधनहरु पूर्ण रुपमा प्रवेश निषेध गर्ने निर्णय गरेको छ।

क्वारेन्टाइन तोकिएका होटल तथा लज बाहेकका सबै प्रकारका चियापसल, होटल तथा लजहरु अर्को निर्णय नभएसम्म पूर्ण बन्द गरेको छ भने मठमन्दिर र सार्वजनिक स्थानमा भेला नहुन भनिएको छ। यस्तै, जिल्ला भित्रने तरकारी तथा फलफुल पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ।

यो पनि पढ्नुहोस्
विदुरमा निषेधाज्ञा जारी

विदुर नपा-८ को कोभिड-१९ पोजेटिभ बिरामीको कन्ट्रयाक्ट ट्रेसीङको क्रममा सबै सम्भावित व्यक्तिहरुको रिपोर्ट नेगेटिभ आएको हुनाले शिल्ड गरेको क्षेत्र खुला गरिएको उनले बताए।

घर बाहिर निस्किदा स्वास्थ्य संस्थाको प्रोटोकल पूर्ण रुपमा पालना गर्न सम्पूर्ण नगरबासीहरुमा अनुरोध गरेको छ।

साथै जिल्ला प्रशासन कार्यालय नुवाकोटले ककनी गाउँपालिका-५ का एक जना पुरुषमा कोरोना सङ्क्रमण देखिएसँगै ककनी गाउँपालिकाको वडा नम्बर २ र ५ का चार किल्ला आज अपराह्न २ बजे देखि पुर्वमा ककनी घमैलो पश्चिममा पासाङ ल्हामु राजमार्ग, उत्तरमा ककनी हाइट, नेपाल स्काउट तालिम केन्द्र र दक्षिणमा सशस्त्र प्रहरी बल तालिम केन्द्र सिल हुने भएको छ।

संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम आज राती १२ बजेदेखि अर्को आदेश नभएसम्म गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ। निशेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेकका अन्य कार्य गर्न निषेध गरेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ