नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–२ पाटीपानीका ८० वर्षीया विष्णुमाया कसाईलाई शुक्रबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ।
अशक्त भएकी विष्णुमायालाई प्रशासकीय अधिकृत सुरेश श्रेष्ठले घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गरेका हुन्।
अशक्त भएकी विष्णुमाया हिँडडुल गर्न नसक्ने भएकाले नागरिकता वितरण टोलिले घरमै पुगेर नागरिकता वितरण गरिएको विदुर नगरपालिका वडा नम्बर १ कि वडा सदस्य रुपा थापाले बताईन् ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले शारिरीक अशक्तताका कारण कार्यालयमा पुगेर सेवा लिन नसक्ने नागरिकहरुका लागि घरमै पुगेर सेवा प्रदान गर्ने कार्यको शुरुवात गरेको हो ।
विष्णुमाया १९९० मा जन्मेकी हुन् भने अहिले उनीको श्रीमानसँग बस्दै आईरहेकी छिन् । परिवारमा दुई जना मात्र रहेका छन्।
प्रतिक्रिया