२०८१, १३ बैशाख बिहीबार

विदुरमा निषेधाज्ञा जारी, सुर्यगढीमा अन्त्य

डबली खबर     श्रावण १६ २०७७ १७:३५

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – कोरोना संक्रमित भेटिएपछि बिहिबार मध्यरातदेखि लागू हुने गरी विदुर नगरपालिका-८ मा निषेधाज्ञा जारी भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कोभिड-१९ सङ्क्रमण परीक्षण नतिजा अनुसार विदुर नगरपालिका-८ का २७ वर्षीय एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्नको लागि उक्त वडाको केउरेनी आसपासको चारकिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको सूचना अनुसार पूर्वमा सुनाखेती चौतारा, पश्चिममा पिडालुवारी, उत्तरमा टाँडे विसौना, दक्षिणमा केउरेनी पञ्चकन्या मन्दिर क्षेत्रको चार किल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

संक्रमण रोग एन २०२० को दफा २ बमोजिम आज राती १२ बजेदेखि अर्को आदेश नभएसम्म गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ। निशेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेकका अन्य कार्य गर्न निषेध गरेको छ ।

यसैगरी सुर्यगढी गाउँपालिकामा कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि आइतबार रातीदेखि लगाईएको निषेधाज्ञा अन्त्य भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कोभिड-१९ संक्रमण परीक्षण नतिजा अनुसार सुर्यगढ़ी गाउँपालिका-२ स्थित क्वारेन्टिनमा रहेका एक व्यक्तिमा संक्रमण देखिएसँगै सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्नको लागि उक्त वडा आसपासको चारकिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top