sujim advert

अनिवार्य मास्क लगाउ

डबली खबर     साउन १५, २०७७

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

cdo nuwakot jhankanath dhakal giving a mask to civil
bidur tax consultancy services in nuwakot

विदुर, नुवाकोट – महामारीबाट बच्न अपनाउनुपर्ने सामान्य स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरुको बारेमा जिल्लाबासीलाई सजक गराउनको लागि विदुर नगरपालिका-२ लोकतान्त्रिक चोकदेखि बट्टारबजार हुँदै हावाघरसम्म सचेतनामुलक प्ले कार्डसहितको प्रभातफेरी भएको छ ।

विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको नोबेल कोरोनाभाईरसको रोकथामको लागि नेपाल सरकारले गत चैत्र ११ गतेदेखी जारी गरेको लकडाउन साउन ६ गतेबाट खुकुलो भएको तर माहामारीको प्रकोप भने कम नभएको कारणले गर्दा यस महामारीबाट बच्न अपनाउनुपर्ने सामान्य स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरुको बारेमा जिल्लाबासीलाई सजक गराउनको लागि विदुर नगरपालिका-२ लोकतान्त्रिक चोकदेखि बट्टारबजार हुँदै हावाघरसम्म सचेतनामुलक प्ले कार्ड प्रभातफेरी गरिएको हो ।

समुदाय-प्रहरी साझेदारी अवधारणा अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटको संयोजन तथा जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजनामा प्रभातफेरी भएको प्रहरी प्रमुख अवीनारायण काफ्लेले जानकारी दिए ।

प्रभातफेरीमा विभिन्न स्थानमा मास्क नलगाई हिडेका करिब आठ सय जना व्यक्तिहरुलाई प्रति व्यक्ति १ थान मास्क वितरण गर्दै अनिवार्य रुपमा मास्कको प्रयोग गर्न आग्रह समेत गरिएको थियो ।

मास्क नलगाई हिँडेमा अबदेखि जरिवाना बापत् एक सय रूपैयाँ तिर्नुपर्ने छ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top