२०८१, ७ बैशाख शुक्रबार

कोरोना सङ्क्रमित एक थपियो, तारकेश्वरमै १६ जना पुग्यो

    श्रावण १३ २०७७ १६:४०

corona virus news thumbnail for dabali khabar - leading news portal from nuwakot-min
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणको क्रममा तारकेश्वर गाउँपालिकाका ३१ वर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका फोकल फर्सन जनार्दन सिलवालले जानकारी दिए। संक्रमित बिरामीलाई जिल्ला अस्पताल त्रिशुलीमा राखिएको छ भने अन्य आइसोलेशनमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

तारकेश्वर गापामा कोरोना सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ ।

हालसम्म नुवाकोटमा ३४ जनाले कोरोनालाई जित्दै निको भइ घर फर्केका छन् । यस्तै, जिल्ला अस्पताल त्रिशुलीमा ३ जना र सशस्त्र प्रहरीमा १ जना आइसोलेशन वार्डमा उपचारत रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top